Websoft University

www.radiomakalu.com || 021-522512


हुम्लामा अझै एचआइभी परीक्षण सेवा पुगेन्



काठमाडौँ – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हजार ५३८ जनाले नियमित रुपमा एचआइभीको औषधि सेवन गरिरहेका छन् ।

विसं २०५० बाट औषधि खुवाउन सुरु गरेको अस्पतालमा हालसम्म तीन हजार ७८१ जना बिरामीले एचआभी एड्स सङ्क्रमणको औषधि सेवन गरिसकेका छन् ।

अस्पतालका डा अनुप बास्तोलाले तीमध्ये एक हजार ३६० बिरामीलाई घरपायक औषधिको व्यवस्था मिलाई घर पठाइएको र ९० जना बिरामीको मृत्यु भइसकेको जानकारी दिए ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा तरुण पौडेलका अनुसार उपत्यकामा सुईद्वारा लागू पदार्थ सेवन गर्नेमध्ये ६।३६ प्रतिशत एचआइभी सङ्क्रमित छन् ।

उले भने, ‘‘प्रत्येक २०० नेपाली युवामा कम्तीमा एकजनालाई एचआइभीको सङ्क्रमण छ । तीमध्ये धेरै लागू औषधको सेवन गर्ने, धेरै जनासँग असुरक्षित यौन सम्र्पक राख्ने संक्रमणको बढी जोखिममा छन् ।’’ उनले अनुमानित एक हजार ९६८ बालबालिकामा एचआइभीको सङ्क्रमण भएको उल्लेख गरे ।

सन् २०१५ को अनुमानित तथ्याङकअनुुसार ३९ हजार ४९४ जनामा एचआइमी सङ्क्रमित छन् । तीमध्ये ०।२० प्रतिशत युवा रहेका छन् ।

केन्द्रका तथ्याङक अधिकृत वीरबहादुर रावलले केन्द्रले हालसम्म २७ हजार ४९४ जनामा एचआइभीको सङ्क्रमण भएको पाइएको र ११ हजार ९२२ जनाले औषधि खाइरहेको जानकारी दिए ।

निर्देशक डा पौडेलले सङ्क्रमित भइसकेका तर परीक्षणमा नआएका व्यक्तिको अवस्था थाहा पाउनु र उनीहरुबाट अन्य व्यक्तिमा सङ्क्रमण हुनबाट जोगाउनु चुनौती भएको बताए ।

हालसम्म हुम्लामा एचआइभीको परीक्षण सेवा पुग्न सकेको छैन । हुम्लामा एचआइभीका बिरामी कम भेटिएको र जनसङ्ख्या पनि कम भएकाले सेवा सुरु गर्न ढिलाइ भएको केन्द्रको भनाइ छ ।

केन्द्रले चाँडै नै परीक्षण सेवा पु¥याउने बताएको छ । परीक्षणपछि औषधि खानुपर्ने सङ्क्रमितका लागि ५९ जिल्लामा ६५ वटा औषधि सेन्टर राखिएको केन्द्रले जनाएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget