Websoft University

www.radiomakalu.com || 021-522512


न्यूक्लियर्स सप्लायर्स ग्रुपको सदस्यता लिन भारत असफल


काठमाडौ , असार ११ गते । न्यूक्लियर्स सप्लायर्स ग्रुप (एनएसजी)मा संलग्न हुने भारतको प्रयास असफल भएको छ ।
सोलमा भएको एनएसजीको विशेष सत्रमा ब्राजिल र स्विट्जरल्याण्ड जस्ता देशहरुले भारतलाई सहयोग गरेनन्, जसले २००८ मा भारतको समर्थन गरेका थिए ।
यो पटक भारतले छ महिनादेखि लबिङ थालेको थियो । तर, उसको अपेक्षा अनुसार अमेरिकाले पनि माहौल बनाउन प्रयास गरेन ।
२००८ मा अमेरिकी तत्कालीन राष्ट्रपति जर्ज बुशले भारतलाई एनएसजीको सदस्य बनाउन निकै पहल गरेका थिए । र, न्यूजिल्याण्ड, स्विटजरल्याण्डसहितका देशमाथि दबाव दिएका थिए । तर, यो पटक त्यस्तो भएन ।
भारतले ब्राजिललाई पनि हल्का रुपमा लियो । चीनसँग पनि भारतको सम्वन्ध राम्रो हुन सकेन । बरु दुरी बढ्यो ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget