Websoft University

www.radiomakalu.com || 021-522512


चार कर्मचारी कारवाहीमा

बिराटनगर, जेष्ठ ३२ गते  ।   विराटनगर उपमहानगरपालिकाले दुई जना कर्मचारीलाई जागिरबाट हटाएको छ ।

विवादित भवनको नक्सा पास गरेको भन्दै उपमहानगरपालिकाले इन्जिनियर रेवन्त भण्डारी र विनोदप्रकाश गौतमलाई जागिरबाट बरखास्त गरेको हो ।




त्यस्तै स्थायी कर्मचारी खरिदार निराला प्रसाई र नायब सुब्बा सुनिलवीर पाण्डेलाई निलम्बन गरिएको छ ।
विराटनगर उपमहानगरपालिकाका प्रशासकिय अधिकृत नन्दिकेशर भण्डारीका अनुसार स्थानीय स्वायत्त शासन नियमावली २०५६ को २२९ दफा बमोजिम काम नगरेकाले सोही ऐन २३३ दफा बमोजिम उनीहरुलाई करार भङ्ग र निलम्बन गरिएको हो ।

विराटनगर– २ मा तीन पैनीमा टिकाप्रसाद उप्रेतीले सञ्चालन गर्दै आएको देवकोटा बोडिङ स्कुलको विवादित भवनको नक्सा पास गरेको भन्दै उपमहानगरपालिकाले घरनक्सा फाटका चार जनै कर्मचारीलाई कारवाही गरेको हो । उपमहानगरपालिकाले केही दिन अघि स्पस्टीकर सोधेको थियो । स्पष्टीकरणमा चित्त बुझदो जवाफ नआएपछि कर्मचारीलाई कारवाही गरिएको हो ।


विवादित भवनको नक्सा पास भएको सुचना बाहिर आएपछि अख्तीयार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो देखाएको थियो । अख्तीयारको चासो दिएपछि उपमहानगरपालिकाले विवादित भवनको पुरानो नक्सा लुकाएर नयाँ नक्सा बनाउने कर्मचारीलाई कारवाही गरेको हो । 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget