Websoft University

www.radiomakalu.com || 021-522512


खोप अभियानले बालवालिकाको मृत्यु दरमा कमी

बिराटनगर, असार १ गते।    बालवालिकामा रोग नियन्त्रणको लागि खोप प्रभावकारी रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरुले बताएका छन् । राष्ट्रिय खोप अभियान सञ्चालनगरे सँगै पाँच वर्ष मुनिका बालवालिको मृत्यु दरमासमेत कमी आएको उनीहरुको भनाई छ ।



 विराटनगरमा मंगलबार आयोजना गरेको राष्ट्रिय खोप कार्यक्रम सञ्चारकर्मी तथा सरोकारवालासँगको छलफल कार्यक्रममा बोल्दै बाल स्वास्वास्थ्य माहाशाखा खोप अधिकृत भरत भण्डारीले नियमित रुपमा बालवालिकाहरुले खोप लगाएको हुनाले ५ वर्ष मुनिका बालवालिकाको मृत्युदरमा कमी आएको दाबी गर्नुभयो । अहिले नियमित रुपमा ११ वटा खोप निःशूल्क रुपमा दिदै आएको हुनाले ८७ प्रतिशत बालवालिकाले पूर्ण रुपमा खोप लगाएको जानकारी दिनुभयो ।


उहाँले बालवालिकाले खोप लगाउँदै आएको हुनाले ५ वर्ष मुनिका बालवालिकाहरुको लक्ष्य अनुसार मृत्युदर घटेको बताउनुभयो । सरकारले सन २०१७ सम्ममा देशलाई नै पूर्ण खोप युत्त घोषणा गर्ने तयारी अनुरुप अहिलेसम्म १७ वटा जिल्ला पूर्ण खोप युत्त घोषणा भइसकेको छ । त्यस्तै ४५ वटा नगरपालिका र एक हजार ५ सय गाविसहरु पूर्ण खोप युत्त घोषणा भएको खोप अधिकृत भण्डारीले जानकारी दिनुभयो । सरकारले नेपाललाई सन २०१७ सम्ममा पूर्ण खुप युत्त घोषणा गर्न सके विश्वमै पहिलो देश हुने दाबी गरीएको छ । त्यही अनुरुप राष्ट्रिय खोप अभियान सुरु गरीएको हो ।

उहाँले अहिले १३ प्रतिशत बालवालिका पूर्ण खोपबाट बञ्चित भएको र ३ प्रतिशतले खोप नपाएको जानकारी दिनुभयो । अहिले राष्ट्रिय खोप अभियान जारी रहेको हुनाले त्यो पनि चाँडै अन्त्य हुने अधिकृत भण्डारीको भनाई छ । कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख भानु येङ्गदेन्ले मोरङको ३३ वटा गाविस पूर्ण खोप युत्त गाविस घोषणा भएको जानकारी दिनुभयो ।

 उहाँले जिल्लामा प्रभावकारी रुपमा खोप अभियान सञ्चालन गरेको बताउनुभयो । जिल्लामा १ लाख १४ हजार २ सय १३ जना बालवालिका रहेको जानकारी दिदै प्रमुख येङ्गदेनले सरकारले प्रदान गर्दै आएको ११ वटा खोप नियमित रुपमा लगाए रोगबाट बञ्चित हुने बताउनुभयो । कार्यक्रममा विराटनगर मा सञ्चालन भएको हुनाले सबै बालवालिाई खोप लगाउन आग्रह गर्नुभयो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget