काठमाडौँ, असार ९ गते . संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा कांग्रेसका नेता एवं सांसद कुलबहादुर गुरुङ निर्विरोध चयन छन् । गुरुङको मात्र उम्मेदवारी परेपछि संसद सचिवालयले उनी निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।
सभामुख ओनसरी घर्तीले बुधबारै गुरुङलाई शपथग्रहण गराइन् । उनी यसअघि पनि सुनुवाइ समितिकै सभापति थिए । नयाँ संविधानअनुसार गठित १५ सदस्यीय समितिको नेतृत्वको जिम्मेवारी लिएपछि उनले अब सुनुवाइका कामलाई गति दिने बताए । सभामुखसमक्ष विभिन्न निकायका नियुक्ति सुनुवाइका लागि आएको र सभामुखले समितिमा पेस गर्नासाथ प्रक्रिया थालिने उनले बताएका छन् । ‘सभामुखले हामीलाई जसको सुनुवाइका लागि पहिला पठाउनुहुन्छ, हामी काम थालिहाल्छौं,’ उनले भने ।
प्रमुख निर्वाचन आयुक्त, सर्वोच्चका प्रधानन्यायाधीश, न्यायाधीश र राजदूतको नियुक्तिका लागि सिफारिस सभामुखकहाँ पुगिसकेको छ । समितिको संरचना कत्रो बनाउने भन्नेबारे विवाद हुँदा संसदको नियमावली बन्न ढिलाइ भई सुनुवाइ प्रक्रिया रोकिएको थियो । १५ सदस्यीय बनाउनेमा टुंगो लागेपछि सुनुवाइ प्रक्रियाले गति लिएको हो ।

Post a Comment