Websoft University

www.radiomakalu.com || 021-522512


मन विचलित हुनुको कारण – डा कपिलदेव उपाध्याय



केहि वर्ष अगाडि इराकमा पुगेका केही नेपालीहरुलाई मारेको दुःखदायी घटना हेरेपछिएकजना महिला आत्तिएर अस्पताल आउनुभएको थियो । उहाँलाई त्यो दृष्य वेला वेलामा आँखा अगाडी आएर धेरै अत्याउने रहेछ ।

एकजना महिलाले हेराउनु भएछ । “तपाईको आयुको रेखा काटिएको रहेछ, दुई वर्षभित्र नराम्रो घटना हुन सक्छ” भनिदिएछ हेनैेले । त्यसपछि उहाँको निन्द्रा, भोक हराएछ र मन आत्तिरहने भएकाले जँचाउन आउनु भएको थियो ।

२५ वर्षका एक युवाको पिताको हृदयघात भएर मृत्यु भएछ । उनी पनि हृदय घात भएर मरिन्छ कि भन्ने डरले आत्तिने रहेछन् । एकदिन जँचाउन आइपुगे । हृदयरोग छ कि भन्ने जाँच गराइसकेका थिए र कुनै खरावी थिएन ।

१९÷२० वर्षका युवक उनले एकजना महिला झुण्डीएर मरेको देखेछन् । त्यसपछी “मैले पनि त्यसैगरी आत्महत्या गर्छु कि’ भन्ने डरले यति सताए छ कि उपाचार गर्नुपर्यो ।

यस्ता वास्तविक घटनाका कारण मनमा डर पस्ने र सजिलै नहराउने समस्याहरु धेरै छन् । मुख्य डर भनेको मरिन्छ कि ? भन्ने डर नै लाग्ने हो । फिल्म र टेलिसिरियलहरुमा देखाइने डर लाग्दा दृश्यहरुले पनि हाम्रो मनमा उदाहरण दिएको जस्तै डर लाग्न सक्छ ।

हाम्रो मष्तिस्क अत्यन्त शक्तिशाली क्यामरा पनि हो । १० पिक्सेल, १४ पिक्सेल वा त्यो भन्दा बढीका डिजिटल क्यामेरा भन्ने त हामीले देखेको वा प्रयोग गरेका छौं, मश्तिस्कको क्यामराको शक्ति अनुमानित २०० पिक्सेल भन्दा बढी हुन्छ रे । मष्तिस्कले विभिन्न देखाइने दृष्यलाई आफ्नो संझनामा रेकर्ड गर्छ र त्यो रेकर्ड रिप्ले ग¥यो भने डर लाग्ने र आत्तिने हुन्छ ।

कतिजना मारपिट गरेको सपना देखिन्छ भन्नु हुन्छ । जुन फिल्म÷सिरियल सँग सम्बन्धित हुन सक्छन वा पहिले देखेको वा सुनेको घटनासँग सम्बन्धित हुन्छन् । यसले गर्दा मन विचलित हुन्छ ।

मिडियामा र फिल्ममा देखाइने डर लाग्दा घटनाहरुको कुरा गरौंंै । खाश गरेर वालवालिका र किशोर किशोरीहरुमा यस्ता देखाइने विभिन्न एक्सनहरुको सिको गर्ने बानी नै हुन्छ । कुन एक्टिङ हो र कुन वास्तविक हो छुट्याउन केटाकेटीहरु सक्दैनन् ।

केटाकेटीलाई त्यस्ता सिरियलहरु नहेर भनेर संझाउनु नै उपयुक्त हुन्छ । हत्या, हिंसा, बलात्कार जस्ता घटना जन चेतना वढाउन र यीबाट पाठ सिक्न भनेर देखाइन्छ होला । यस्तो हुनु हुँदैन भन्ने बुझ्न सक्ने उमेरकाले त पाठ सिक्लान् तर नबुझ्नेले यस्तो गर्नु पर्दो रहेछ, उसले गरेको ठिक हो भन्ने बुझ्न सक्छ । त्यसैले सचेत हुन जरुरी छ ।

डा. उपाध्याय मनोचिकित्सक हुन् ।- स्वास्थ्य खबरपत्रिकाबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget