Websoft University

www.radiomakalu.com || 021-522512


दुबै देशका राष्ट्रपतिको भ्रमण छिट्टै हुन्छः राजदूत रे



नेपालका लागि भारतीय राजदूत रञ्जित रेले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणपछि नेपाल भारत सम्बन्ध थप प्रगाढ हुने विश्वास ब्यक्त गरेका छन्। उनले राष्ट्रपतिको भारत भ्रमणको विषयमा कुटनीतिक पहल भइरहेकोले छिट्टै दुबै देशका राष्ट्रपतिको भ्रमणको मिति तय हुने बताए ।

रिपोटर्स क्लब अर्घाखाँची शाखाले आइतबार सन्धिखर्कमा आयोजना गरेको साक्षात्कारमा बोल्दै राजदूत रेले नेपाल र भारतको जस्तो भौगोलिक,सामाजिक र धार्मिक सम्बन्ध अरु कुनै मुलुकसँग नभएको भन्दै नेपालको शान्ति, स्थिरता र विकासमा भारत सधैँ सकारात्मक रहेको बताए।

केही दिनमा हुन लागेको नेपाल भारतबीचको उच्चस्तरीय बैठकले सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग गर्ने राजदुत रेको विश्वास छ।

मधेस आन्दोलनलाई लक्षित गर्दै राजदुत रेले नेपालको अस्थिरता र अशान्तिले भारतमा समेत असर पार्ने हुदा त्यसप्रति भारतको चासो हुनु स्वभाविक रहेको जिकिर गर्दै मधेस आन्दोलनलाई नेपाल सरकारले वार्ताबाटै समाधान खोज्नुपर्नेमा जोड दिए ।

नेपालमा जलविद्युत,पर्यटन र कृषिमा धेरै सम्भावना रहेकोले ती क्षेत्रहरुको विकासमा भारत सधैँ सहयोग र सहकार्य गर्न तयार रहेको बताउँदै भारतले नेपालको शिक्षा र स्वास्थ्यलाई बढी प्राथमिकता दिएको भएतापनि आगामी दिनमा अन्य क्षेत्रमा समेत सहयोग गर्न भारत तयार रहेको उनले स्पष्ट पारे।

अर्घाखाँचीमा राजदूत रेले भारतको सहयोगमा निर्मित ३ वटा विद्यालय भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
सेतोपाटी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget