Websoft University

www.radiomakalu.com || 021-522512


एआईजी भन्छन् 'चाइल्ड पोर्नाेग्राफी' बढ्यो


नेपाल प्रहरीका एआईजी विज्ञानराज शर्माले नेपालमा पछिल्लो समय 'चाइल्ड पोर्नाेग्राफी' बढेको बताएका छन्। केन्द्रीय बालकल्याण समितिले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा एआईजी शर्माले बालबालिकामाथि चाइल्ड पोर्नाेग्राफी बढेको भन्दै त्यसलाई रोक्नुपर्ने बताए।

बालबालिकाहरुलाई ललाई फकाइ गरेर, सरसामान किनिदिएर अप्राकृतिक यौन कार्य गर्ने विभिन्न अनुसन्धानबाट देखिएको उनले बताए। उनले केही समयअघि पोखराबाट एक फ्रान्सेली नागरिकलाई पक्राउ गरिएको समेत बताए।

१४ वर्षीय बालकलाई अप्राकृति यौन कार्य गरेको भन्दै कास्की प्रहरीले फ्रान्सेली नागरिक क्रिस्टोफर रोबर्ट ओलिभरलाई पक्राउ गरेको थियो । केन्द्रीय बालकल्याण समितिका अध्यक्ष डिल्लीराम गिरीले मसाज सेन्टर, स्पा, डान्स दोहरीमा बालबालिका प्रयोग गर्ने गरेको दाबी गरे।

बालबालिकामाथि दुर्व्यवहार र श्रम शोषण गर्नेहरुलाई पक्राउ गर्दा राजनैतिक गन्ध आउने गरेको उनले बताए। 'अब बालबालिकाहरुलाई उद्धार मात्र होइन उनीहरुलाई श्रम शोषण गर्ने साहुलाई पनि थुन्ने हो' उनले भने।

पछिल्लो समय चर्च, मदरसा, गुम्वामा समेत बालबालिका ल्याएर अवैधानिक रुपमा राख्ने गरेको उनले बताए। केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले विभिन्न स्थानहरुबाट उद्धार गरिएका बालबालिकालाई राख्नका लागि सरकारी तबरबाटै नै चासो हुनुपर्ने बताए।-

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget