Websoft University

www.radiomakalu.com || 021-522512


वीरगञ्जका चिकित्सकको आन्दोलन फिर्ता

बिरगंज , असार ७ गते।  शुक्रबारदेखि बिरामीको उपचार सेवा नै ठप्प पारेर हडतालमा उत्रिएका वीरगन्जका चिकित्सकले सोमबार दिउँसोदेखि आन्दोलन स्थगित गरेका छन् । 
 राष्ट्रिय मानव अधिकार आयोग लगायतका सहयोगी संघसंस्थाको आग्रहमा आन्दोलनरत चिकित्सकले आन्दोलन स्थगित गरेका हुन् ।




वीरगन्जमा सोमबार बसेको नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाको बैठकले चार दिनदेखि जारी आन्दोलन रोक्न विभिन्न संघसंस्थाले गरेको आग्रहलाई स्वीकार गर्दै आन्दोलन फिर्ता लिएको हो । 

चिकित्सकको आन्दोलनले बिरामीलाई परेको मर्कालाइ ध्यानमा राख्दै राष्ट्रिय मानव अधिकार आयोग, स्थानीय प्रशासन, नेपाल चिकित्सक संघ केन्द्रीय कार्य समितिले आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए । 

संघको बैठकले नेपाल चिकित्सक संघ केन्द्रीय कार्य समितिसँग समन्वय गरि सीआईबीको कार्यशैलीको विरोध गर्ने निर्णय पनि गरेको नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाका निमित्त अध्यक्ष डाक्टर प्रमोद सर्राफले बताए । 

 संघले आन्दोलन स्थगित गर्ने निर्णय गरेसँगै हडतालमा रहेका डाक्टर अस्पताल फर्किएका छन् । 

यसअघि चिकित्सक संघले सीआईबीले पक्राउ गरेका डाक्टरलाई २४ घण्टा भित्र बिना शर्त रिहा नगरिए वीरगन्जका सरकारी र निजी अस्पतालका आकस्मिक उपचार सेवा पनि ठप्प पार्ने चेतावनी दिँदै  आइतबार प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाएको थियो । 

सिआईबीले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सकीय अभ्यास गर्दै आएको भन्दै गत शुक्रबार  सीआईबीले वीरगञ्जबाट मात्र नौजना डाक्टर पक्राउ गरेको थियो । 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget