Websoft University

www.radiomakalu.com || 021-522512


नाइट क्लबमा भएको गोलाबारीमा ५० जना मारिए, ओबामाले दिए कडा चेतावनी


ओरल्याण्डो ,जेष्ठ ३१ गते । अमेरिकी राष्ट्रपति बाराक ओबामाले फ्लोरिडाको ओरल्याण्डोमा ५० जना मारिने गरी भएको आक्रमणलाई आतंक र घृणित कार्यको संज्ञा दिएका छन् ।

अमेरिकी नागरिक चिहानमा पनि एकताबद्ध हुने र त्यहाँबाट उठेर आफ्नो सुरक्षाका लागि लड्ने अठोट राष्ट्रपति ओबामाले व्यक्त गरे ।

घटनालाई भीषण नरसंहार भन्दै ओबामाले साना बन्दूक नियन्त्रण गर्ने कानूनको आवश्यकतामा जोड दिए । फ्लोरिडा राज्यको ओरल्याण्डोस्थित एक पुरुष समलिंगी रात्री क्लबमा एक बन्दुकधारीले आइतबार अन्धाधुन्ध गोली प्रहार गर्दा मारिनेको संख्या ५० पुगेको छ ।

घटनामा ५३ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । २९ वर्षका ओमार मातिन नाम गरेका बन्दुकधारीले क्लबमा पसेर अन्धाधुन्ध गोली चलाएका थिए ।

विद्रोही संगठन इस्लामिक स्टेट आइएसले आक्रमणमा आफ्नो हात रहेको दाबी गरेको छ । तर त्यसको स्वतन्त्र पुष्टी भने भएको छैन । आक्रमणकारी ओमान प्रहरीको जवाफी कारबाहीमा मारिएका थिए ।

राष्ट्रपति ओबामाले घटनाले बन्दुकमाथिको नियन्त्रण सम्बन्धी कानुनलाई थप कडा पार्नुपर्ने देखिएको बताए । उनले आक्रमणले समलिंगी तेस्रोलिंगी समुदायमा ठूलो आघात पारेको बताए ।

अमेरिकामा यस किसिमका आक्रमण लगातार हुने गरेका छन् । योसहित २५ वर्षको अवधिमा भएका यसकिसिमका ठूला आक्रमणमा एक सय ५८ जनाको मारिएको पनि जनाइएको छ । (एजेन्सी)
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget