Websoft University

www.radiomakalu.com || 021-522512


युरोकपमा इङ्ल्याण्ड र रुस समर्थकबीच झडप, ३० जना घाइते

फ्रान्स,जेष्ठ ३१ गते । फ्रान्समा जारी युरो कपअन्तर्गत गएराति भएको इङ्ल्यान्ड र रुसबीचको खेलका क्रममा हिंसात्मक झडप भएको छ ।




मार्से शहरमा भएको खेलका क्रममा रंगशालामै इङ्ल्यान्ड र रुसका समर्थकबीच झडप भएको हो । झडपका क्रममा कम्तिमा ३० जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

दुई देशबीचको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि दुवै देशका समर्थकबीच झडप भएको हो । रुसी समर्थकले इङ्ल्यान्डका समर्थकमाथि आक्रमण गरेपछि झडप शुरु भएको थियो ।

आ–आफ्नो देशको खेल हेर्नका लागि मार्सेमा झन्डै ९० हजार दर्शक जम्मा भएका थिए । झडपमा दुवै देशका समर्थकले एक–अर्कामाथि कुर्सी तथा बोतल प्रहार गरेका थिए ।

त्यसपछि दंगा नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास तथा पानीका फोहोरा प्रहार गरेको थियो । प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले घटनाको निन्दा गरेको छ । (एजेन्सी)

/imagekhabar.
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget