Websoft University

www.radiomakalu.com || 021-522512


घरमै डाक्टर– बच्चाले सिक्का वा गुच्चा निलेमा के गर्ने ?


उत्सुक र चकचके स्वभाव बच्चाहरूको गुण नै हो । सिक्का, गुच्चा, साना ब्याट्री लगायत अन्य धारिलो बस्तु उनीहरूले मुखमा हाल्छन् । गुच्चा निलेमा गोलो प्रकृतिको हुने भएकाले पेट, आन्द्रा हुदै दिसाबाट बाहिर निस्किन्छ । खानेनलीमा सिक्का अड्कियो भने तुरुन्त निकाल्नुपर्छ । पेटको भागमा बसिरहेको छ, अरु लक्षण देखाएको छैन भने ४ हप्ता कुर्न सकिन्छ । तर सिक्काको आकार ठूलो भएमा वा अन्य तिखो÷धारितो बस्तु भएमा तुरुन्त निकाल्नुपर्ने हुन्छ । तर सिक्का आन्द्रामा पुगिसकेको भए जोखिम कम हुँदै जान्छ । सबैभन्दा खतरा भनेको बालबालिकाले ब्याट्रीहरू निल्नु हो । खेलौना र टिभीको रिमोटमा हुने साना ब्याट्री निलेमा त्यसमा भएको केमिकल बाहिर आउछ । त्यसले खानेनली फुटाउने र वरपरका अन्य अंगमा पनि असर गर्ने हुनसक्छ । ब्याट्री निलेमा सकेसम्म ४ घण्टाभित्र निकाल्ने प्रयास गर्नुपर्छ । कहिलेकाही बालबालिकाले एसिड निल्न सक्छ । त्यसको सामान्य असरस्वरुप बान्ता हुनसक्छ । तर अन्य असर नदेखिने भएकाले अभिभावकहरूले निको भएको ठानेर उपचार गर्दैनन् । एसिडले कालान्तरमा पनि असर देखिने भएकाले बच्चालाई ढिलो नगरी अस्पताल पु¥याउनुपर्छ । -डा. विनिता जोशी, नर्भिक अस्पताल

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget