Websoft University

www.radiomakalu.com || 021-522512


एउटै छानामूनि मनोरोगको सम्पूर्ण समाधान



काठमाडौं, असार १६ गते   । नेपालमा मनोरोगको उपचार धेरैजसो अस्पतालका ओपिडी सेवामा मात्रै सिमित छ । ओपिडि सेवा औषौधी उपचारमा बढी केन्द्रीत हुन्छ । यसकारण मनोपरामर्श (काउन्सिलिङ)को अभाव देखिन्छ । यस कुरालाई ध्यानमा राखेर एकान्तकुना जावलाखेलमा नशा तथा मानसिक रोग नयाँ अस्पतालको स्थापना भएको छ । रिदम न्यूरोसाइकियाट्री हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि नामबाट २५ बेडको नशा तथा मनोरोग अस्पताल खोलिएको हो ।

अस्पतालमा विज्ञहरुबाट ओपिडी सेवा, बिरामी भर्ना (कुरुवा बस्नु नपर्ने पनि व्यवस्था रहेको), २४ घण्टा मेडिकल अफिसरद्वारा सेवा, क्याबिन सेवा विज्ञबाट मनोपरामर्श आदि सेवा दिइने अस्पतालका निर्देशक एवं कन्सल्ट्यान्ट न्युरो साइक्याट्रिक्स्ट डा रितेश थापाले बताए । ‘जाँड, रक्सी, लागु औषध छुटाउने र त्यसपछि हुने पुर्नस्थापनाको पनि सुविधा छ, उनले भने, ‘गुणस्तरीय ल्याब सेवा, डे केयर, सबै किसिमका साइकोलोजिकल टेस्टिङ (जस्तै आईक्यू, ईईजी, ईसीजी, एक्स–रे र विद्युतिय प्रविधिद्वारा कडा किसिमका मानसिक रोगको उपचार ईसीटीसम्म गरिन्छ ।’

मानसिक समस्या बढ्दो अवस्थामा रहेपनि सही उपचार नपाएर बिरामी भौतारिदै हिड्नु परेकोलाई सम्बोधन गर्न आफूले अस्पताल खोलेको डा थापाले बताए । ‘अस्पतालले एउटै छानामुनि सबै किसिमका मानसिक रोगको उपचार सेवा दिने भएकाले पनि मानसिक समस्या समस्याधानमा सहज हुने विश्वास छ,’ उनी भन्छन् ।--स्वास्थ्य खबरपत्रिकाबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget