Websoft University

www.radiomakalu.com || 021-522512


विश्वका ९० प्रतिशत स्मार्टफोन खतरनाक एप्सको चपेटामा


यदि तपाइँ एन्ड्रोेइड फोन प्रयोग गर्नुहुन्छ भने यो खबरले चिन्ता थपिदिनेवाला छ । हालै यस्ता धेरै एपहरुको बारेमा पत्ता लागेको छ जसले अहिले तत्कालै दुनियाका ९० प्रतिशत एन्ड्रोइड स्मार्टफोनलाई एकसाथ आफ्नो चपेटामा पार्न सक्दछन् ।

तर यस्ता खतरनाक एपहरु गुगल प्ले स्टोरमै उपलब्ध छन् र यिनीहरुलाई स्मार्टफोनमा डाउनलोड गर्नका लागि समेत सुरक्षित मानिँदै आएको छ ।

मालवेयर एपको यस्तो समूहरुलाई गडलेस एप नाम दिइएको छ । यिनीहरुले ९० प्रतिशत स्मार्टफोनलाई प्रभावित गर्न सक्दछन् । जो प्रयोगकर्ताको स्मार्टफोनमा एन्ड्रोइड मार्समेलो ६ अपरेटिंग सिस्टम छैन त्यस्ता स्मार्टफोनमाथि यी एपको आक्रमण हुनसक्छ । स्मरण रहोस् अहिले विश्वमा प्रयोगमा रहेका कुल एन्ड्रोइड स्मार्टफोनमध्ये केवल १० प्रतिशतमा मात्र मार्समेलो ६ अपरेटिंग सिस्टम रहेको छ ।

गडलेस एपलाई अहिलेसम्म साढे ८ लाख डिभाइसहरुमा डाउनलोड गरिसकिएको छ । यस्ता खतरनाक एप डाउनलोड गरिएको स्मार्टफोनमध्ये अधिकांस थाइल्याण्ड, इन्डोनेसिया तथा भारतका छन् । अमेरिकामा समेत यस्तो एप १७ हजार पटक डाउनोड भएको छ ।

यो मालवेयर एप डाउनलोड गरेसँगै झनै शक्तिशाली बन्दछ र प्रयोगकर्ताको जानकारी बिनै अन्य खतरनाक मालवेयर स्मार्टफोमा डाउनलोड गरिदिन्छ । यस्तो भाइरसले प्रयोगकर्ताको स्मार्टफोनमा जुनकुनै ह्याकरको पहुँच स्थापित गरिदिन्छ । त्यसपछि ह्याकरले प्रयोगकर्ताको स्मार्टफोनबाट व्यक्तिगत डाटाहरु तथा अन्य महत्वपूर्ण जानकारी ह्याक गर्न सक्दछ ।

वास्तवमा यी एपले प्रयोगकर्तालाई बेवकुफ बनाउन तथा झुक्याउनका लागि ह्याक गरिएका डिभाइसका मद्धतले आफ्नो र्यांकिंग बढाउँदछन् ता की धेरै भन्दा धेरै प्रयोगकर्ताले यस्ता एपको र्यांकिंग बढि देखेर निश्चिन्त भएर आफ्नो स्मार्टफोनमा डाउनलोड गरुन् ।

यो एप यस्तो चलाखीपूर्ण तरिकाले डिजाइन गरिएको हुन्छ की मोबाइलको स्त्रिmन अफ भएपछि यसले काम गर्न सुरु गर्दछ ता की स्मार्टफोन प्रयोगकर्ताले आफ्नो मोबाइल ह्याक भईरहेको पत्तो नपाओस् ।

सुरुमा यसले स्मार्टफोनको रुट एक्सेस हासिल गर्दछ र त्यसपछि स्मार्टफोनमा जे सुकै गर्नमा स्वतन्त्रता प्राप्त गर्दछ । गडलेस एपले स्मार्टफोन ह्याक गरिसकेपछि एपलाई मोबाइलबाट हटाउन निकै मुस्किल पर्छ ।

आखिर गडलेस एपको समूहमा पर्ने खतरनाक एपहरु कुन कुन हुन् त ? यसको पूरै सूचि त सार्वजनिक गरिएको छैन तथापि यति थाहा भएको छ की यी एपहरु गुगल प्ले स्टोरमा सुरक्षित मानेर राखिएका अन्य एपहरुकै नक्कली संस्करण हुन् । त्यसैले प्ले स्टोरमा भएको कुन एप सक्कली हो र कुन नक्कली छुट्टाउन निकै मुस्किल हुन्छ ।

यसकारण आफ्नो स्मार्टफोनमा कुनैपनि एप डाउनलोड गर्नुअघि उसको बारेमा पूरै जानकारी हासिल गर्नुहोस् र पूर्ण रुपमा आस्वस्त भैसकेपछि मात्र एप डाउनोड गर्नुहोस् ।

स्मरण रहोस् गत जनवरीमा गुगलले १३ खतरनाक एप्सलाई प्ले स्टोरबाट ब्लक गरेको थियो ।अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget