Websoft University

www.radiomakalu.com || 021-522512


नारायणगढ–मुग्लिन सडक अवरुद्ध, सात ठाउँमा पहिरो


चितवन , जेष्ठ ३० गते  । नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेदेखि कालीखोलासम्मको भागमा ठाउँठाउँमा पहिरो खसेपछि आज बिहानबाट सडक अवरुद्ध बनेको छ ।
सो सडक विस्तार गरिरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार बिहान ४ः३० बजेबाट पहिरोका कारण सडक अवरुद्ध बनेको हो । जलवीरेदेखि कालीखोलासम्मको पाँच किलोमिटर भागमा सात ठाउँमा पहिरो खसेको छ । जसमध्ये जलवीरेमा ठूलो पहिरो खसेको खनालले बताए ।
पहिरो पन्छाउने काम बिहानबाट सुरु भएको बताउँदै उनले पहिरो धेरै खसेकाले कम्तीमा दुई घन्टा सडक सञ्चालन गर्न समय लाग्नेसमेत बताए । जलवीरे नारायणगढबाट मुग्लिनतर्फ ३२ किमी दूरीमा पर्दछ । सो क्षेत्रमा सडक विस्तारका क्रममा भित्तो काट्ने काम भइरहेको छ । काटिएको भित्तो वर्षात्का कारण झर्ने भएकाले पटक पटक पहिरो खस्ने गरेको छ । पहिरोका कारण सडकको दुवैतर्फ गाडीको लाम लागेको छ । - अनलाइन खबरबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget