Websoft University

www.radiomakalu.com || 021-522512


अमेरिकी गायिका क्रिस्टिना ग्रिमीको गोलीहानी हत्या


मियामी, जेष्ठ २९ गते । अमेरिकी गायिका क्रिस्टिना ग्रिमीको गोली हानी हत्या गरिएको छ । उनले ओल्र्याण्डोमा कन्सर्ट दिएका बेला एकजना अज्ञात व्यक्तिले गोली चलाएको थियो । ओल्र्याण्डोमा आयोजित कन्सर्टमा गीत गाएर दर्शकलाई अटो दिएको समयमा शुक्रबार गोली लागेकी उनलाई उपचारका लागि अस्पताल पु¥याइएको थियो । उनको शुक्रबार अबेर अस्पतालमै निधन भएको प्रहरीले जानकारी दिएको छ । गोली हानेपछि क्रिस्टिनाका दाजुले उक्त व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा उसले आफैलाई पनि कन्चटमा गोली हानेको थियो । क्रिस्टिनालाई गोली प्रहार गर्ने व्यक्तिको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । ओल्र्याण्डो प्रहरी विभागले आफ्नो ट्वीटर अकाउन्टमार्फत सो जानकारी दिएको छ । अटो लिनखोजेजस्तो गरी एकजना व्यक्ति हिँड्दै उनी रहेको स्थानमा आएको र नजिकै आएर गोली हानेको प्रहरीले जनाएको छ । हत्याको थप विवरण आएको छैन । अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । रासस/एपी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget