Websoft University

www.radiomakalu.com || 021-522512


च्याउ खाँदा आमाको मृत्यु ,तीन जना छोराछोरीसहित छ जना बिरामी



दोलखा,असार १६ गते । बुधबार दोलखाको दुर्गम गाविस कालिञ्चोक–७ मा च्याउ खाँदा आमाको मृत्यु भएको छ भने तीन जना छोराछोरीको अवस्था गम्भीर रहेको बताइएको छ ।

मृत्यु हुनेमा ४८ वर्षीया फूलमाया तामाङ रहेको स्थानीयवासीले बताएका छन् । आमासँगै विषालु च्याउ खाएर गम्भीर बिरामी परेका १७ वर्षीया छोरी अनिता तामाङ, १४ वर्षीय छोरा काले तामाङ र नौ वर्षीया छोरी सानुकान्छी तामाङ भने बेहोस अवस्थामा रहेको कालिञ्चोकबाट स्थानीय ग्लाबो तामाङले जानकारी दिए ।

च्याउ खाएकै कारण सोही स्थानका अन्य तीन जना पाख्रिन परिवार पनि बिरामी परेका थिए । उनीहरुलाई भने घरेलु उपचारपछि सामान्य अवस्थामा फर्काइएको बताइएको छ । फूलमायाका छ जना छोराछोरीमध्ये एक जना विदेशमा रहेको र अरु दुई जना भैँसी गोठमा जङ्गलमा बुबासँग बसेका कारण उनीहरुलाई केही नभएको बताइएको छ ।

जङ्गली विषालु च्याउ खाँदा आमालाई सुरुमा मानसिक समस्या देखिएको र पछि उनी खोलामा लडेर मरिरहेको अवस्थामा भेटेको स्थानीयवासीले बताएका छन् । एकै परिवारका चार जनाले खाएको च्याउले आमाको ज्यान लिएको छ भने छोरोछोरी बेहोस अवस्था रहेकाले उपचारका लागि चरिकोट ल्याउन लागिएको बताइएको छ । घटनास्थलतर्फ प्रहरी गएको छ ।

घटनास्थलतर्फ प्रहरी गए पनि वर्षा तथा टाढा भएका कारण प्रहरीले आधिकारिक जानकारी दिन नसकेको प्रहरी निरीक्षक विनोदकुमार सुनुवारले जानकारी दिनुभयो । घटना च्याउ खाएर नै होकि होइन भन्ने प्रहरीले आवश्यक अनुसन्धानबाट पत्ता लगाउने बताएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget