Websoft University

www.radiomakalu.com || 021-522512


उपराष्ट्रपतिको चीन भ्रमण स्वीकृत

काठमाडौँ, जेष्ठ २७ गते । सरकारले उपराष्ट्रपति नन्दबहादुर पुनको जेठ २८ देखि असार २ सम्म हुने चीन भ्रमण स्वीकृत गरेको छ ।



मन्त्रिपरिषदको बुधबारको बैठकले भ्रमण स्वीकृत गरेको हो । उपराष्ट्रपति पुन चीनको कुनमिङमा आइतबारदेखि हुने एक्स्पोमा भाग लिन जान लागेका हुन् । एक्स्पोमा नेपालसम्बन्धी पनि करिब दुई सय प्रदर्शनी कक्ष हुनेछन् । उपराष्ट्रपतिको नेतृत्वमा २० सदस्यीय टोली जाने तयारी छ ।

यस्तै, मन्त्रिपरिषद्ले दुई सचिव सरुवा गरेको छ । विज्ञान प्रविधि मन्त्रालयका गजेन्द्र ठाकुरलाई सिँचाइ मन्त्रालय र अनुप उपाध्यायलाई सिँचाइबाट विज्ञान प्रविधि मन्त्रालयमा सरुवा गरिएको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले जानकारी दिए ।

नेपाल स्वास्थ्य सेवा हेल्थ इन्सपेक्सन समूहअन्तर्गतको अधिकृत ११ तहमा भोगेन्द्रराज डोटेल, झलक शर्मा पौडेल र चन्द्रदेव महतोलाई बढुवा गरी नियुक्ति गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

२०६२/६३ को जनआन्दोलनकी घाइते झापा चन्द्रगढीकी सिन्धु उप्रेतीलाई उपचारबापत १६ लाख ५६ हजार दिने निर्णय पनि सरकारले गरेको छ । उप्रेतीको थाइल्यान्डमा उपचार भइरहेकाले त्यहाँस्थित नेपाली राजदूतावासमार्फत रकम उपलब्ध गराउने मन्त्री पाण्डेले जानकारी दिए ।

मन्त्रिपरिषद्ले सम्पत्ति शुद्धीकरणसम्बन्धी नियमावली मन्त्रिपरिषदको विधेयक समितिमा छलफलका लागि पठाउने निर्णय पनि गरेको छ ।

कान्तिपुर 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget