Websoft University

www.radiomakalu.com || 021-522512


भूकम्पपछि ४ अर्बभन्दा बढी खर्च गरेको तथ्याङ्क सार्वजनिक


सिन्धुपाल्चोक , असार २ गते   । सिन्धुपाल्चोकमा भूकम्पपछिको एक वर्षभित्र राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी सङ्घसंस्थाले मात्रै रू. चार अर्बभन्दा बढी खर्च गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।
संयुक्त राष्ट्र सङ्घ अन्तरगतका आठ , अन्तरराष्ट्रिय गैसस २५ र गैसस २१  मार्फत उक्त रकम खर्च भएको जिविसले बताएको छ । जिविससँग समन्वय गरेर जिल्लामा काम गर्ने राष्ट्र सङ्घ अन्तरगतका  निकायले करीब रू. ५८ करोड ४९ लाख, अन्तरराष्ट्रिय गैससले करीब रू.  दुई अर्ब ६० करोड र गैससले करीब ८४ करोड ६७ लाख खर्च गरेको जिविसको तथ्याङ्कमा छ ।
जिविस अनुसार सो अवधिमा सरकारी तवरबाट भूकम्पमा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति, स्थायी आवास निर्माणका लागि रू. १५ हजार (प्रतिपरिवार) र न्यानो कपडा खरीदका लागि गरी करीब रू. दुई अर्ब ५० करोड  खर्च भएको छ ।
‘यो खर्च भूकम्पपछि जिल्लामा आफूहरूसँग समन्वय गरेर काम गर्ने एनजिओ÷आइएनजिओको मात्र हो,’ प्रजिअ गोकर्णमणि दुवाडीले भने , ‘जिल्लाका कतिपय भेगमा एनजिओ÷आइएनजिओले स्थानीय प्रशासनसँग समन्वय नै नगरी राहत तथा अस्थायी आवासका लागि खर्च गरेका छन् । सबै तथ्याङ्क सङ्कलन गर्ने हो भने खर्च भएको रकम अझै बढ्छ ।’
कतिपय एनजिओ/आइएनजिओले स्थानीय प्रशासनसँग समन्वय गर्न हिच्किच्याउने, समन्वय गरेपछि कामै नगरी भाग्ने, सम्झौता एउटा गर्ने काम अर्कै गर्ने, सुगम स्थानमा मात्रै केन्द्रित हुने तथा कामको विवरण समेत नबुझाउने गरेको उनले बताए ।
एक वर्षका अवधिमा जिल्लामा यति धेरै रकम खर्च भए पनि पीडितको गुनासो भने अर्कै छ ।  चौतारामा भेटिएका हैबुङका आइतमान तामाङ भन्छन्,‘आशा मात्रै बाँड्छन्, काम गर्दैनन् । आस्था, धर्म र विचारअनुसार भेदभाव गर्छन् । पीडितका आवश्यकताभन्दा उनीहरुकै रुचिमा सामान बाँड्छन् । सामान वितरण गर्दा मूल्यबारे जानकारी दिँदैनन् । स्थानीय राजनीतिक दलको बोलवाला हुने गरी काम गर्छन् । काम थोरै गर्छन् तर प्रचार धेरै गर्छन् ।’    
गैससहरू भने पीडितलाई भेदभाव नगरी काम गरिरहेको दाबी  गर्छन् । गत वर्षको ‘गोरखा भूकम्प’मा सिन्धुपाल्चोकमा मात्रै तीन हजार पाँच सय ७० जनाको मृत्यु, एक हजार चार सय ३५ घाइते तथा आठ जना बेपत्ता भएको प्रहरी उपरीक्षक रवीन्द्र केसीले बताए ।
सरकारी तथ्याङ्क अनुसार भूकम्पबाट जिल्लामा झण्डै ६३ हजार घर पूर्ण रुपमा क्षति भएका छन् भने ५ सय ४७ विद्यालय पूर्ण रुपमा क्षति भएका छन् । यसैगरी ७५ स्वास्थ्यचौकी, १ सय ९५ किमी सडक, १३ पुल र ६ सय ९१ खानेपानी आयोजना पनि पूर्ण रुपमा क्षतिग्रस्त भएका थिए । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget