Websoft University

www.radiomakalu.com || 021-522512


बाबुले गरे १३ वर्षीया छोरीमाथि बलात्कार


नवलपरासी , असार ७ गते । नवलपरासीको कावासोतीमा एक यौनपिपासु बाबुले १३ वर्षीया छोरीमाथि करिब तीन महिनादेखि बलात्कार गर्दै आएको रहस्य बाहिर आएको छ । सोमबार राति पनि जबरजस्ती गर्न खोज्दा छोरीले नमानेपछि उनले कुटपिट समेत गरे ।
बाबुबाटै प्रताडना भोगेकी किशोरी राति नै साथीकहाँ शरण लिन पुगेकी थिइन् । कावासोतीको एउटा विद्यालयमा क्यान्टिन सञ्चालन गर्दै आएका मध्यविन्दु नगरपालिका निवासी पाण्डे थरका व्यक्तिले ७ कक्षामा अध्ययनरत आफ्नै छोरीमाथि अत्याचार गरेका हुन् ।
विद्यालय स्रोतका अनुसार उनले छोरी पहिलोपटक महिनावारी भएदेखि नै नशालु पदार्थ सेवन गराएर नियमित करणी गर्ने गरेका थिए । असैह्य भएर सोमबार राति बालिका भागेर साथीको घर पुगेपछि घटना बाहिर आएको हो । उनकी साथीले मंगलबार विद्यालयमा शिक्षकहरुलाई जानकारी गराएपछि विद्यालयले पाण्डेलाई प्रहरीको जिम्मा लगाएको छ । बालिकाले आफू करिब चार महिना अगाडि पहिलोपटक महिनावारी भएपछि त्यसपछि नभएको समेत बताएकी छिन् ।
इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले घटनाको अनुसन्धान भइरहेको बताए । बालिकाकी दिदीले उजुरी दिएको र बालिकालाई मेडिकल जाँच गर्न पठाइएको उनले जानकारी दिए ।- अनलाइनखबरबाट
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget