Websoft University

www.radiomakalu.com || 021-522512


चल्दैनन सिसी क्यामेरा,

 बेलबारी,   जेष्ठ २ गते  । बजार तथा आसपासका क्षेत्रको शान्ति सुरक्षाका लागी जडान गरिएको सिसि क्यामेरा जडान गरेको वर्ष दिन नबित्दै बिग्रिएका छन । बेलबारी तथा लालभीत्ति बजारमा जडान गरिएका सिसि क्यामेरा वर्ष दिन नबित्दै बिग्रिएका हुन । 



सुरक्षाका दृष्टिकोणले संबेदनशील मानिएका क्षेत्रमा नै क्यामेरा नचल्दा सुरक्षा खतरा समेत उत्तिकै बढेको छ । बेलबारीको मुख्य चोकमा नै जडान गरिएका क्यामेरा पुन मर्मत हुन नसक्दा बजारमा राखिएका क्यामराले कामै गर्न छाडेका छन ।
 ईलाका प्रहरी कार्यालय वेलवारी तथा लालभिति चोकमा जडान गरिएका दुई वटा क्यामेरा जडान गरेको एक साता नबित्दै विग्रीएका थिए । बेलबारी ब्यापार प्रबन्ध समितिको अगुवाईमा करिव आठ लाखको लगानीमा वेलबारी बजारका विभिन्न चोकमा जडान गरिएका क्यामेरा समेत यतिबेला चल्दैनन । मालपोत चोक, नगरपालीका, ईलाका प्रहरी कार्यालय, फिल्म हल तथा लालभित्ति लगायतका ठाँउमा क्यामेरा जडान गरिएको थियो ।
 ब्यापार प्रबन्ध समिति तथा स्थानियको लगानीमा जडान गरीएका क्यामेराको यतिबेला भर हुन छाडेको छ ।
बत्ति नभएको समयमा समेत क्यामेरा बन्द हुन थालेका छन । ईलाका प्रहरी कार्यालय अगाडिको क्यामेरा नियमित रुपमा चले पनि अन्य क्यामेरा भने नियमित रुपमा चलेका छैनन । बैँक,बित्तिय संस्था तथा ठुला ठुला पसलले आफनै लगानीमा क्यामेरा जडान गरे पनि यातायातका साधनको बढ्दो चापलाई मध्यनजर गरी जडान गरिएको क्यामेरा बिग्रिएपछि सार्बजनिक यातायातका साधनको लापरबाही समेत बढेको छ ।
बजारको शान्ति सुरक्षा कायम गर्न जडान गरिएको क्यामेराले अपराधिक गतिविधि रोक्न सहज बनाएपनि मर्मत सेन्टरको लापरबाहिका कारण समस्या भएको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख मेघराज थापाले बताए । उता प्रस्ताबित उद्योग बाणिज्य संघ बेलबारीका अध्यक्ष योगेन्द्र सुबेदीले दक्ष जनशत्ति अभाबका कारण क्यामेरा मर्मत गर्न नसकेको बताए ।
यहाँ मर्मत गर्ने दक्ष ब्यत्ति नहुँदा इटहरीबाट झिकाउनुपर्ने र भनेको बेला उनीहरु नआउने भएका कारण समस्या भएको उनले बताए । सबै सिसी क्यामेरा नगरापालिकालाई हस्तान्तरण गर्ने तयारी भइरहेको समेत उनले बताए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget