Websoft University

www.radiomakalu.com || 021-522512


दानपेटिकामा रहेको रकम चोरी

 ताप्लेजुङ,  जेष्ठ २ गते  ।  ताप्लेजुङ नगरपालिका ६ स्थित सांगा छ्योखोर्लिङ गुम्बामा विगत पाँच वर्ष देखि नखोलि राखिएको दानपेटिकामा भएको रकम शनिवार दिउँसो चोरी भएको छ । 



 गुम्बाको ढोकामा लगाएको तिन वटा ताला फोडेर भित्र रहेको उक्त दान पेटिका समेत फोडेर रकम चोरी भएको गुम्बाका प्रमुख लामा कुलमान गुरुङले बताए ।

 दान पेटिका गुम्बा देखि नजिकै फोडेर फालिएको अबस्थामा फेला परेको बताईएको छ । पाँच वर्ष देखि नखोलि राखिएको उक्त दान पेटिकामा दुई लाख वढि रुपैँया रहेको अनुमान गरिएको छ ।

विहान वेलुका पुजा पाठ गर्ने गरे पनि दिउँसो सो गुम्बामा कोही नभएको अवस्थामा चोरी भएको र चोरीमा संलग्नको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङका प्रहरी प्रमुख रामबहादुर केसीले बताएका छन् । 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget