Websoft University

www.radiomakalu.com || 021-522512


उपत्यकामा टीकाको दिन निःशुल्क बस सेवा



काठमाडौंँ, असोज २९ गते । नेपाली सेनाले दशैँको टीकाको दिन सर्वसाधारणका लागि काठमाडौंँ उपत्यकाको विभिन्न रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।
आगामी कात्तिक २ गते दशँैको टीकाको दिन उपत्यकामा सार्वजनिक यातायातका साधन सञ्चालन नहुने भएकाले सर्वसाधारणको सुविधाका लागि आठवटा रुटमा निःशुल्क बस सेवा सञ्चालन गरिने नेपाली सेनाले जनाएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, रुट १ अन्तर्गत भद्रकाली, माइतीघर, कोटेश्वर, एकान्तकुना, बल्खु, कीर्तिपुर, कलङ्की कालिमाटीबाट रत्नपार्कसम्म, रुट २ मा भद्रकाली, जमल, लैनचौर, महाराजगञ्ज, बालाजुचोक र सोह्रखुटट्े हँुदै रत्नपार्कसम्म रहेको छ ।
त्यस्तैं, रुट ३ मा भद्रकाली, माइतीघर, थापाथली, कालिमाटी, कलंकी, छाउनी, ताहचल स्वयम्भु हुदै टेकु, रत्नपार्क, रुट ४ भद्रकाली, बानेश्वर तिनकुने, गौशाला, चावहिल, महाराजगञ्ज, लैनचौर हँुदै रत्नपार्क, रुट ५ मा भद्रकाली कुपण्डोल, चापागाँउ, सातदोवाटो, तिनकुने हुदै भद्रकाली, रुट ६ मा भद्रकाली, दरवारमार्ग, चावहिल, बौद्ध साँखु हुदै सोही रुटमा रत्नपार्क र रुट ७ मा भद्रकाली भक्तपुर सूर्य विनायक र सोही रुटमा फिर्ता हुने छ ।
रुट ८ भद्रकाली माइतीघर कोटेश्वर , सातदोवाटो, कलंकी हुदै रिङरोड परिकर्मा गरी पुन तिकुने पुगेर रत्नपार्क आउने ब्यवस्था मिलाईको छ । सैनिक कर्मचारी तिनका आश्रित परिवारको सुविधाका लागि सेनाले २५ गतेबाट उपत्यका वाहिरका १३ स्थानमा निशुल्क सब सेवा सञ्चालन गरेको छ । - गोरखापत्र समाचारदाता , गोरखापत्र दैनिकबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget