Websoft University

www.radiomakalu.com || 021-522512


बिपी प्रतिष्ठान धरानमा अनियमितता : आरोपित नै छानबिन समितिमा

Image result for bp koirala medical college

काठमाडौं , असोज २७ गते । सरकारले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माण र उपकरण लगायतका सामग्री खरिद प्रक्रियामा भएको अनियमितताको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले गठन गरेको तीन सदस्यीय उक्त समितिका दुई सदस्य भने आफैं छानबिनको दायरामा पर्नुपर्ने व्यक्ति रहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले असोज ५ गते प्रतिष्ठानको अनियमितताको छानबिनका लागि उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको संयोजकत्वमा छानबिन समिति गठन गरेका थिए।

समितिको सदस्यमा प्रतिष्ठानकै रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र कार्यकारिणी सदस्य गुरु खनाल छन्। यी दुवै सदस्य प्रतिषठानको अनियमतताको आरोपित हुन्।

रजिष्ट्रार श्रेष्ठ र सदस्य खनाल प्रतिष्ठानको महत्वपूर्ण निर्णयमा हस्ताक्षर गर्ने र निर्णयक भुमिकामा रहेका पदाधिकारी हुन्।

प्रतिष्ठानबाट हुने खरिद तथा अन्य महत्वपूर्ण निर्णयमा रजिष्ट्रार श्रेष्ठकै हस्ताक्षर समेत हुन्छ।

तर, सरकारले प्रतिष्ठानका अनियमिततको छानबिन गर्न ती व्यक्तिलाई नै समितिमा राखेको छ।

प्रधानमन्त्री कार्यालयले स्वास्थ्यखबरलाई उपलब्ध गराएको छानबिन समिति गठनको पत्रमा प्रतिष्ठानको मातृ शिशु भवन, कार्डियोलोजी र अंकोलोजी भवन निर्माण लगयातका विषयमा छानविन र थप अध्ययन गर्ने अधिकारसहितको समिति बनाइएको उल्लेख छ।

‘ती भवन निर्माणका क्रममा फाइलमा हस्ताक्षर गर्ने व्यक्तिलाई नै समितिमा राख्दा छानबिन प्रभावित हुने देखिन्छ,’ प्रधानमन्त्री कार्यालयका एक उच्च कर्मचारीले भने, ‘जो पदाधिकारीमाथि नै छानबिन गर्नुपर्ने हो, त्यही व्यक्ति नै समितिको सदस्य भएपछि कसरी सही प्रतिवेदन आउन सक्छा होला ?’

प्रतिष्ठानका यी विषयमाथि छानबिन गर्न सरकारले यो समिति भन्दा अघि प्रधानमन्त्री कार्यालयका सचिव केदरबहादुर अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। उक्त समितिले प्रतिवेदन सरकारलाई बुझाएको छ। तर, उक्त प्रतिवेदन भने अझै गोप्य राखिएको छ। प्रधानमन्त्री ओलीले उक्त प्रतिबेदन बुझेपछि उक्त प्रतिबेदनमाथि अध्ययन गर्न र थप छानबिन गर्न नयाँ समिति बनाएका हुन्।

प्रतिष्ठानकै पदाधिकारी सदस्य रहेको समितिले प्रतिष्ठानका उपकुलपति डा राजकुमार रौनियारसँग स्पष्टीकरण सोधेको छ।

स्वास्थ्यमन्त्रालय स्रोतका अनुसार स्वास्थ्यमन्त्री यादवले प्रतिष्ठानका यसअघिका उपकुलपति डा विपी दासलाई जोगाउन र हालका उपकुलपतिलाई हटाउनका लागि नयाँ छानबिन समिति बनाउन लगाएका हुन्। मन्त्री यादवले नै प्रतिष्ठानका रजिष्ट्रार र कार्यकारिणी सदस्यलाई छानबिन समितिमा राखेको बुझिएको छ।

‘हाल छानबिन भइरहेको विषयमा पूर्व उपकुलपति देखि अन्य पदाधिकारी समेत मुछिने देखिएपछि मन्त्री यादवले नै पदाधिकारीलाई जोगाउन समितिमा राखेको हो,’ मन्त्रालय स्रोतले भन्यो।

प्रतिष्ठानका उपकुलपति रौनियारले यो विषय छानविनका क्रममा रहेकाले आफूले केही कुरा बताउन नमिल्ने बताए। ‘म माथि नै छानविन भइरहेकाले यो विषयमा म बोल्न मिल्दैन,’ उनले भने, ‘छानविन समितिको प्रतिवेदन आएपछि सबै थाहा पाइहाल्नुहुनेछ।’

प्रतिष्ठानको ०७३ साल असार १७ गतेको कार्यकारीणी समितिको बैठकले कर बाहेक दुई अर्ब १७ करोड ९८ लाख रुपैयाँमा ४ सय शय्याको मातृशिशु भवन निर्माण गर्ने जिम्मा शर्मा एन्ड रसुवा कनस्ट्रक्शनलाई दिने निर्णय गरेको थियो।

तत्कालिन समयमा प्रतिष्ठानका उपकुलपति डा विपी दास थिए भने रजिष्ट्रार तुलबहादुर श्रेष्ठ थिए। अर्को भवन कार्डियोलोजी र अंकोलोजी भवन निर्माणको काम पनि पूर्व उपकुलपति दास र श्रेष्ठकै पालामा भएको थियो। उनै श्रेष्ठ अहिले छानबिन समितिमा छन्। - स्वास्थ्य खबर पत्रिकाबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget