Websoft University

www.radiomakalu.com || 021-522512


कफ्र्यु १२ बजेसम्मका लागि हटाइयो, जनजीवन सामान्य

Image result for कफ्र्यु १२ बजेसम्मका लागि हटाइयो, जनजीवन सामान्य

कपिलवस्तु, कृष्णनगर, कात्तिक ६ गते । कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ ५ बजेदेखि लगाएको कफ्र्यु हटाएको छ ।

आज बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कफ्र्यु हटाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदायबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाएको थियो ।

कफ्र्यु हटेपछि भारतीय सीमावर्ती कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ । शनिबारदेखि बढेको विवाद आजदेखि सामान्य बनेको हो । कडा सुरक्षाका बीच दुर्गा पूजाको मूर्ति विसर्जन गरिएको थियो ।
प्रशासनले कफ्र्यु कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तरतर्फ कृष्णनगर–१ शिवानगरको बढाया पोखरी क्षेत्र, पूर्व सेमरा गाउँ र पश्चिम सिर्सिहवा चोकसम्म कफ्र्यु लगाउने निर्णय गरेको थियो ।

मेशिनको ठक्करबाट एकको मृत्यु

कपिलवस्तुको शिवराज नगरपालिका–४ चनईमा धान काट्ने कम्बाइन हर्वेस्टर मेशिनको ठक्करबाट एकको मृत्यु भएको छ ।

सोमबार दिउँसो ४ बजे धान काट्ने समयमा लु ३ त १३४१ नम्बरको कम्बाइन मेशिन ब्याक गर्दा चनईका ६० वर्षीय महबुब मुसलमान घाइते भएका थिए । कम्बाइनको ठक्करबाट घाइते भएका महबुबको उपचारको लागि बुटवल पु¥याइएको थियो । बुटवलमा उपचार सम्भव नभएपछि उनलाई चितवन लगिएको थियो ।

चितवन मेडिकल कलेजमा उपचारको क्रममा महबुबको ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । घटना हिजै भए पनि महबुबको मृत्युपछि मात्र घटना बाहिर आएको थियो ।

कम्बाइन चालक भारत उत्तर प्रदेश महाराजगञ्ज जिल्ला सिसहनिया वर्ष ५० का लौटु चमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । - रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget