Websoft University

www.radiomakalu.com || 021-522512


डा गोविन्द केसीले भने- बिरामीमारा कानुन खारेज गर्नुपर्छ



काठमाडौं , भदौ १७ गते।  डा गोविन्द केसीले मुलुकी अपराध संहितामा व्यवस्था गरिएको प्रावधानले बिरामीलाई नै दु:ख नै दिने बताएका छन्।

उनले कानुनले डाक्टरलाई प्रतिरक्षात्मक बनाउने भएकाले उसले बिरामीलाई अन्यत्र 'रिफर' गरिदिने सम्भावना भएकाले त्यसले अन्ततः बिरामीलाई नै दु:ख दिने बताए।

नेपाल चिकित्सक संघले आज गरेको र्‍यालीपछि बानेश्वरमा आयोजित कोणसभामा बोल्दै डा केसीले बिरामीमारा कानुन फिर्ता लिन आग्रह गरे।

'चिकित्सक र स्वास्थ्यकर्मीहरुले जवाफदेही हुनुपर्दैन भनेर कसैले सोचेको पनि छैन र भन्दा पनि भन्दैन', उनले भने, 'तर यथार्थको धरातलमा उभिएर अहिले जसरी कानुन थोपरिएको छ, यसले चिकित्सक र स्वास्थ्यकर्मीभन्दा बिरामीलाई नै बाधा पुर्‍याउने छ। बिरामीले नै कष्ट पाउने छन्।'

कानुनमा बदनियतपूर्ण तरिकाले उपचार गरिएको हो भनेर पुष्टि गर्नका लागि कुनै कानुन र निकायको व्यवस्था नगरिएको डा केसीले बताए। 'अब डाक्टरले कुनै पनि जोखिम लिन चाहँदैन। अब उपचार गरिरहँदा उसकै दिमागमै म जेल जानुपर्ने हो कि भन्ने हुन्छ। त्यसो हुने बित्तिकै बिरामी रिफर हुने सम्भावना हुन्छ', उनले भने, 'पहिले गाउँकै हेल्थपोस्टले पनि गम्भीर रोगको प्राथमिक उपचार गरिदिन्थे र रिफर गरिदिन्थे। अब उनीहरुले पनि जोखिम मोल्न चाहँदैनन्। जति बिरामी आउँछन्, रिफर गरिदिन्छन्।'

'डाक्टर पनि मानव हुन्, मानवीय त्रुटि हुनसक्छन्। त्यस्तो बेलामा छानबिन गरेर गल्ती पत्ता लगाउने प्रणाली ल्याउनुपर्थ्यो', डा केसीले भने।

नेपाल चिकित्सक संघले आइतबार देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ। मुलुकी अपराध संहिता संशोधनको माग गर्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

सोमबार नै नेपाल मेडिकल काउन्सिल गई लाइसेन्स फिर्ता गर्ने कार्यक्रम छ। संघले ५ हजार लाइसेन्स काउन्सिललाई बुझाउने तयारी गरेको छ। संघले देशभरका १६ शाखाबाट ५ हजार भन्दा बढी लाइसेन्स संकलन गरेको थियो।

लाइसेन्स बुझाएपछि उनीहरुले उपचार गर्न पाउने छैनन्। - स्वास्थ्य खबर पत्रिकाबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget