Websoft University

www.radiomakalu.com || 021-522512


शंकराचार्यका लागि योग्य छैनन् हेमानन्द - समाज


hemananda giriको लागि तस्बिर परिणाम


मानस खण्ड संस्कृति संरक्षण समाजद्वारा जारि विज्ञप्ति - शंकराचार्य छनौटसम्बन्धी विधान (मठाम्नाय) मिचेर हेमानन्द गिरीलाई शंकराचार्य घोषित/स्वघोशीत गरिएको कुरा प्रती गंभिर ध्यानाकर्षण भएको छ। ‘इलाहावाद उच्च अदालतले चारभन्दा बढी शंकराचार्य नहुने र कसैले घोषणा गरेमा दण्डित हुने फैसला सुनाएको छ’ कुरा समेत स्मरण गराउदछौ।

 शंकराचार्य आफैले वेदवेदान्तमा पारङ्गत शिष्यलाई उत्तराधिकारी घोषणा गर्ने र यो हुन नसके पदमा बहाल रहेका शंकराचार्य, धर्मसंघ महामण्डल लगायतसँग समन्वय गरेर काशी विद्धत परिषदले भूमिका निर्वाह गर्ने हो । ‘नैतिक, भौतिक, चारित्रिक  परीक्षा लिएर दीक्षित शिष्यलाई मात्रै शंकराचार्यले उत्तराधिकारी घोषणा गरिन्छ, ‘अहिलेसम्म आवेदन मागिएको हो । त्यसमा हेमानन्द गिरीको आवेदन परेको छ । उहाँको आवेदन खारेज भइसकेको समाचार पनि आइसकेको छ । योभन्दा बढी आधिकारिक संस्थाले केही गरेको छैन ।’ शंकराचार्यको मापदण्ड उल्लेख भएको मठाम्नाय र शंकरदिग्विजयमका अनुसार नेपालमा शंकराचार्यको मठ नभएको र शंकराचार्य पशुपति नाथमा आउदा विश्राम गर्ने मठ मात्रै भएको कुरा जगजाहेर छ।

‘आदि शंकराचार्यले चार मठ बनाउनु भएको छ । पशुपति पिठका बारेमा शंकरदिग्विजयममा चर्चा छैन।त्यस कारण कसैले स्वघोषित शंकराचार्य भन्दैमा आधिकारिकता र प्रमाणिकता पाउँदैनन् ।’उडिसास्थित गोवद्र्धन मठको कार्य क्षेत्रमा नेपाल पनि पर्छ । देशको राजनीतिक नक्साङ्कनका आधारमा शंकराचार्य हुदैनन्। शंकराचार्य हुनका लागि दण्डी सन्यासी हुनुपर्छ, गिरी नागा सन्यासी भइसकेकी छन् । ‘कसको इच्छाले त्यस्तो गरिमामय पद दिन मिल्दैन’ यदी ऊनी शंकराचार्य बन्न योग्य हुन्थिन भने ‘कि कुम्भको महासम्मेलनबाट घोषणा गर्नु पथ्र्यो, कि प्रक्रिया सम्मत जानु पथ्र्यो । प्रक्रिया पनि पुगेन, उम्मेदवारको योग्यता पनि पुगेन ।’ सन्यास लिएर आश्रम, सरस्वती, तीर्थ भएकालाई मात्रै दण्ड ग्रहण गर्ने अधिकार रहेको र उनीहरुले मात्रै शंकराचार्य हुन पाउने व्यवस्था छ ।

‘शंकरदिग्विजयम् अनुसार दण्ड ६, ८, १०, १४ आँखला भएकाहरु दिइएको हुन्छ । दण्ड ग्रहण गरेपछि मानिस (नर) भवगान (नारायण)मा परिणत हुन्छ भन्ने मान्यता छ’ परम्परागत मान्यताअनुसार शंकराचार्य बन्न गिरी योग्य छैनन् । आजसम्म गिरी शंकराचार्य भएका छैनन् । जुना, निर्वाणी, आगन, निरन्जनी अगडाका पीठाधिश बन्न गिरीसहित दण्ड सन्यासीले पाउँछन् । ‘हेमानन्द गिरी महामण्डलेश्वर बन्न पाउनु हुन्छ, त्यसमा कसैले विवााद गरेको छैन’ ‘तर शंकराचार्य बन्ने योग्यता उहाँमा छैन ।’ शंकराचार्यका लागि आजिवन ब्रह्मचारी हुनुपर्ने र वेद वेदान्तमा पारङ्गत हुनुपर्ने योग्यता पनि तोकिएको छ । तर गिरीले विवाह गरेर पतिसँग २०६७ सालमा छोडपत्र गरेकी छन् ।

 वेदवेदान्तको सामान्य अध्ययन सम्म नगरेकी पात्र शंकराचार्य हुन योग्य छैनन् र होइनन् त्यसैले धर्मको नाममा हुने यस्ता निन्दनीय कार्यको घोर भर्त्सना गर्दछौ। काशी विद्धत् परिषदजस्तो संस्थाले विरोध गर्दागर्दै पनि एक शन्तको मर्यादा विर्सेर पदवीको लालसमा विभिन्न प्रभावमा केही अनाधिकारीक संस्था र व्यक्तिलाई पारेर स्वघोशित शंकराचार्य हु भन्नू आफैमा लज्जास्पद छ। कुनै पनि महान साधक र सन्तले पदवी र विभुषणको लागि दौडधुप गर्दैनन्,लोकेसणा वाट टाढा रहन्छन्।

खप्तडबाबा,शिवपुरीबाबा,योगीनरहरीनाथ ,प्रपन्नाचार्य,रामानन्द गीरी आदि महापुरुषहरु ज्वलन्त प्रमाण हुन।जो सर्वशास्र निपुण थिए जो संग तपोबल थियो जो आजन्म ब्रम्हचारी थिए। तर सन्यास ग्रहण गरेको दसक नपुग्दै विभिन्न पदविभुषण लिने हुदाहुदै सनातन धर्मको सर्वोच्च स्थान भगवदपाद आदी शंकराचार्यले स्थापित गरेको परंपरा विपरीत त्यो पदवीको दावेदार भन्ने केही नक्कली संस्थालाई प्रभावमा पारेर नक्कली शंकराचार्य घोषण गराउने कार्यको जति निन्दा गरे पनि कम हुन्छ।

 सनातन धर्मलाई तेजहिन वनाउन,साधु सन्तको चरीत्र माथि प्रश्न वाचक खडा गर्न विधर्मीहरुको डिजाइनमा अयोग्य पात्रलाई अनाधिकारी संस्थाले परम्परा विपरित हुँदै नभएको नक्कली शंकराचार्य र पिठाधिस घोषणा गरिएको हो। अब सनातन धर्मावलम्बीले कठोर कदम चाल्नुपर्ने बेला भएको छ।सम्पुर्ण विद्वान,साधु सन्तले यस्तो निन्दनीय कार्यको खंडन गर्नुपर्छ।यदी यसको विरोध हुदैन भने इतिहासले कसैलाई माफी दिने छैन। भोलि यिनै नक्कली शंकराचार्यलाई देखाएर बिधर्मीहरुले सनातन संस्कृतिको तेजोबध गर्ने धर्मलाई बदनाम गर्ने र इसाईकरण गराउने हतियार बनाउने छन।जब सनातन धर्म नै रहेन भने कुनै पंथ सम्प्रदाय रहनेछैन ।

भागवतकारहरुका कथा पनि बन्द हुनेछन् । आजको होइन भोलीको लागि सोचेर परंपरालाई जिवन्त राख्न यी पाखण्डिहरु लाई वहिस्कार गर्ने अभियान चलाउनु पर्छ।भौगोलिक सिमा वा देश अनुसार नंया नया शंकराचार्य हुदैनन् ४ पिठ बाहेक अर्को पिठ हुदैन । भारतका ती तथाकथित पंडितले कहाँबाट त्यो अधिकार पाए ? कसरी हिम्मत गरे पशुपति पिठाधिश्वर घोषणा गर्ने ? कुन शास्त्र प्रमाण छ ? समयमै सबैले उचित कदम चालुन।यदी चाल्दैनन भने नेपालका सबै धर्मगुरु र विद्वानहरु पनि ढोगी र पाखण्डी रहेछन् भन्ने प्रमाणीत हुनेछ। त्यसैले नक्कलीहरुको भ्रममा नपर्न र तिनीहरु लाई वहिस्कार गर्न हार्दिक अपिल गर्दछौ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget