Websoft University

www.radiomakalu.com || 021-522512


प्रहरी हत्याका अभियुक्त प्रदेश राज्यमन्त्री शर्माद्वारा आत्मसमर्पण

प्रहरी हत्याका अभियुक्त प्रदेश राज्यमन्त्री शर्माद्वारा आत्मसमर्पण

जनकपुरधाम , साउन २८ गते । सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोगमा प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा सोमबार जिल्ला अदालत महोत्तरीमा उपस्थित भएका छन्।

साउन १६ गते उच्च अदालत जनकपुरले प्रहरी हत्यामा संलग्न भएका अभियुक्तहरुलाई पक्राउ गरी अदालत समक्ष उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय महोत्तरी र त्यसका प्रमुखको नाममा परमादेश गरेको भएपनि प्रहरीले राज्यमन्त्री शर्मालाई पक्राउ गर्न सकेको थिए ।

राज्यमन्त्री शर्मामाथी अदालतमा उपस्थित हुन चौतर्फी दबाव बढ्न थालेपछि उनी आफैं जिल्ला अदालत पुगेका हुन्। मधेस आन्दोलनको क्रममा हत्या गरिएका प्रहरी विकको हत्यामा संलग्न भएको आरोप लाग्दा पनि प्रदेश सरकारले शर्मालाई राज्य मन्त्री बनाएको र हत्याका अन्य अभियुक्तहरु पनि सार्वजनिक पदमा बसेपछि मृतक विककी पत्नी शोभा गहतराजले प्रहरीको विरुद्ध उच्च अदालतमा परमादेश निवेदन दर्ता गराएकी थिइन्।

उच्च अदालतबाट प्रहरीलाई अदालत समक्ष अभियुक्त उपस्थित गराउन परमादेश जारी भए लगत्तै राज्यमन्त्री शर्मा काठमाडौं गएका थिए।

राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट प्रदेशसभामा सांसद बनेका शर्माले पार्टी अध्यक्षमण्डलसँग पनि छलफल गरेपछि अदालतमा हाजिर भएका हुन्।

असई विकको हत्यामा शर्मा सहित महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र लगायत २८ जना अभियुक्त रहेका छन्। जसमध्ये महोत्तरीका सञ्जय साह र प्रदिप साह पूर्पक्षका लागि जेल चलान गरिएका छन् । त्यसैगरी पक्राउ गरिएका आरोपी मोहन ठाकुर तारेखमा छुटेका छन्। - मनिका झा , अन्नपूर्ण पोस्टबाट
 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget