Websoft University

www.radiomakalu.com || 021-522512


ट्राफिक लाइटमा नेपाली प्रविधिकै परीक्षण, युरोपियनभन्दा ५ गुणा सस्तो !

 

काठमाडौं , पुस १० गते । सडक विभागले काठमाडौंमा ट्राफिक लाइट जडानका लागि नेपाली प्रविधिकै परीक्षण गर्ने भएको छ । अहिलेको योजनाअनुसार काम भए अर्को हप्ताभित्रै काठमाडौंको बानेश्वरमा फेरि ट्राफिक लाइट बल्न सुरु गर्नेछ ।

त्यसलगत्तै महाराजगञ्जमा पनि नेपाली प्रविधिमा आधारित ट्राफिक लाइट जोडिनेछ । यसका लागि अहिले नेपाली प्राविधिकहरुले काम गरिरहेका छन् ।

अनुमान लागतभन्दा बढी मूल्यमा बोलपत्र हालिएपछि यसअघि ट्राफिक लाइट जडानका लागि तीन पटक गरिएका टेण्डर फेल भएका थिए । अब भने नेपाली प्राविधिकले सस्तो प्रविधिको प्रस्ताव ल्याएका छन् ।

अहिले पाइलट प्रोजेक्टको रुपमा बानेश्वरमा नेपाली इलेक्ट्रिक तथा कम्प्युटर इन्जिनियरहरु आफैं विकास गर्ने प्रविधिमा आधारित अनुसार लाइट जडान गर्न अन्तिम तयारी भइरहेको सडक विभागका ट्राफिक युनिट प्रमुख दीप बिरहीले जानकारी दिए । उनकाअनुसार महाराजगञ्ज चोकमा जोडिने ट्राफिक लाइटको खर्च काठमाडौं महानगरपालिकाले ब्यहोर्नेछ ।

नेपाली प्राविधिकले वर्षौंदेखि बिग्रिएर बसेका पुराना लाइटलाई समेसम्म उपयोग गरेर प्रविधि विकास गर्न प्रस्ताव गरेका थिए ।

त्यसैमा सहमत भएर विभागले पुराना बिगि्रएका बत्ती र तिनका पूर्वाधार प्रयोग गर्ने गरी दुई चोकहरुमा पाइलट प्रोजेक्टकाम रुपमा सडक बत्ती ब्युँताउने निर्णय गरेको थियो ।

यदि नेपाली प्राविधिकको यो प्रोजेक्ट सफल भए अन्य ३५ वटा चोकमा पनि यही प्रविधि प्रयोग सुरु गरिने बिरहीले बताए ।

निकै लामो समयदेखि बिग्रिएर बसेका लाइटहरुलाई सडक विभागले ‘काम नलाग्ने’ आएको थियो । तर, स्मार्ट ट्राफिक लाइट जोड्ने योजना असफल भएपछि अब पुनः तीनै हेलामा परेका लाइटले काठमाडौंको सवारी व्यवस्थानको ‘जिम्मा’ लिने अवस्था आएको छ ।

‘अहिले नेपाली प्राविधिकले प्रस्ताव गरेको प्रविधि पनि स्मार्ट नै हो । एउटा चाकेमा न्युनतम् १६ लाख रुपैयाँ खर्च गर्दा ट्राफिक लाइट सिस्टम रन गर्न सकिन्छ भन्ने उनीहरुको भनाइ छ,’ बिरहीले भने,’यो प्रविधि योभन्दा अघि प्रस्तावितभन्दा निकै सस्तो पनि छ ।’

यसअघि एडीबीको सहयोगमा जोड्न लागिएको ट्राफिक लाइट सिस्टमको लागत अनुमान ३५ करोडभन्दा बढी थियो । यसअनुसार नेपाली प्राविधिकले झण्डै ५ गुणा सस्तो त्यस्तै प्रविधि दिन सकिने बताएका छन् ।

अहिले सडकमा अलपत्र बनेका ट्राफिक लाइट ०६५ सालमा जापानी सहयोग नियोग जाइकाले जडान गरिरिदएको हो ।

केशरमहल, दरबारमार्ग, पुतलीसडक, सिंहदरबार, पद्मोदय मोड, गौशाला, कालीमाटी, थापाथली, माइतीघर, नयाँवानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी लगायत चोकहरुमा अझै पनि पुराना ट्राफिक लाइट अलपत्र अवस्थामा छन् ।

त्यतिबेला कतिपय स्थानमा यात्रुले बाटो काट्ने प्रयोजनका लागि मात्रै पनि लाइटहरु राखिएका थिए । ती लाइट पनि काम नलाग्ने बनाएर राखिएको वर्षौं बितिसकेको छ ।

उपत्यकामा विभिन्न २०भन्दा बढी स्थानमा ट्राफिक बत्ती बिगि्रएका अवस्थामा छन् । यसअघि अधिकांश लाइटहरु बनाउन नै नसकिने अवस्थामा रहेको भन्दै सडक विभागले त्यसको मर्मतमा चासो दिएका थिएन ।

काठमाडौंमा लाइट नहुँदा ठूलो ट्राफिक जनशक्ति यात्रु र गाडीलाई इशारा गर्नमा नै खर्च भएको छ । यसले पाँच गुणासम्म ट्राफिक प्रहरी सडकमै सवारी सवारी व्यवस्थापन गरिरहनुपरेको अवस्था छ ।

पुरानो लाइट मर्मतको प्रशंग चल्दै गर्दा एशियाली विकास बैंक (एडीबी)को आर्थिक तथा प्राविधिक सहयोगमा जडान हुने भनिएको ‘इन्टेलिजेन्ट ट्राफिक कन्ट्रोल सिस्टम’ जडानको योजना भने असफल भएको छ । यसका लागि एडीबीले सरकारलाई दिएको ३३ करोड बजेट पनि फ्रिज भएको छ ।

काठमाडौं दिगो शहरी यातायात आयोजना (केएसयूपीटी)ले पूर्व योजनाअनुरुप ट्राफिक लाइट जडान नगर्ने गरी इन्टालिजेन्ट ट्राफिक कन्ट्रोल सिस्टमको सबै कार्यक्रम खारेज गरेको हो ।

तीन पटक टेण्डर गर्दा पनि ‘ओभर बीड’ अर्थात् लागत अनुमानभन्दा माथि नाघेर टेण्डर भएकाले यसलाई स्थगित गरिएको आयोजनाले जनाएको छ ।

एडीबीको ५१ प्रतिशत अनुदान र २१ प्रतिशत ऋण सहयोगमा ‘इन्टेलिजेन्ट ट्राफिक सिग्नल सिस्टम’ जडान गर्ने भनिएको थियो ।

तर, अनुमानभन्दा बढी मूल्यमा टेण्डर परेपछि यो सिस्टम जोड्नै सरकार असफल भयो । तर, नेपाली प्राविधिकले पुरानै खम्बासहितका पूर्वाधार प्रयोग गरेर ५ गुणा सस्तो मै जडान गर्न सकिने प्रस्तावले विभाग उत्साहित छ ।

युरोपको जस्तो लाइट बाल्ने योजना असफल भएपछि सडक विभाग फेरि अवहेलनामा परेको पुरानै लाइटलाई नेपाली प्रविधिमै आधारित भएर ब्युँताउने तयारीमा लागेको छ ।

सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देल काठमाडौंमा झण्डै २ सय स्थानमा ट्राफिक लाइट राख्नुपर्ने अवस्था रहेको बताउँछन् । त्यसका लागि सडक विभाग आफैंले चरणबद्ध रुपमा काम थाल्ने उनको भनाइ छ ।
- रविन्द्र घिमिरे , अनलाइन खबरबाट
उदयपुर : सुनकोसी नदीमा पक्की पुल नबनेपछि चौथो पटक बेलिब्रिज लगाइएको छ। उदयपुर र खोटाङको सीमास्थल रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिका लिच्की राम्चेबीचको फोक्सिन्टारस्थित सुनकोसीमा बेलिब्रिच जडान गरिएको हो। सगरमाथा लोकमार्गअन्तर्गत पर्ने गाईघाट–दिक्तेल सडक खण्डको सुनकोसी नदीको फोक्सिनटार गएको चार वर्ष अघिदेखि बर्सेनि बेलिब्रिज जडान हुँदै आएको छ। पुस महिनामा जडान हुने र जेठ महिना नलाग्दै झिक्ने बेलिब्रिज जडान गरेर यस वर्ष पनि गाईघाट दिक्तेल सिधा यातयात सुरु गरिएको हिमाली यातयात व्यवसायी बताएको छ। ‘पुस लाग्दै बेलिब्रिज लगाइन्छ,’ हिमाली यातायात बस व्यवसायी संघ उदयपुरका महासचिव भक्ति मैनालीले भने, ‘गाईघाट दिक्तेल सडक जोडिएको वर्षौँ भयो पुल बनेको छैन।’ करिब ७५ लाखको लागतमा सगरमाथा कन्ट्रक्सनले बेलिब्रिज यस वर्ष जडान गरेको कन्ट्रकन्सका प्रोपाइटर प्रेम कार्कीले बताए। ‘बर्सेनि बेलिब्रज लगाउने खर्च त बढिहाल्छ नि, उनले भने, ‘गएको वर्षको जडान गरेको लागतमा यस वर्ष जडान सकिँदैन।’ बर्सेनि पुलको विकल्पमा जडान हुने बेलिब्रिजको लागत पनि बढिरहेको छ। सुनकोसी नदीमा ५० मिटर लम्बाइ र २५ टन क्षमता भएको बेलिब्रिज लगाइएको छ। यसरी लगाइएको बेलिब्रिज पुस महिनामा लगाइन्छ भने जेठ १५ मा झिकिसक्नु पर्दछ। पुसदेखि जेठसम्म सिधा यातयात सञ्चालन भए पनि जेठदेखि पुन पुससम्म ठप्प हुन्छ। पुलको डिजाइनै फेल उदयपुर र खोटाङ जोड्ने सुनकोसी नदीको फोक्सिनटारमा निर्माण कार्य थालिएको पाँच वर्षसम्म ज्यूँका त्यूँ छ। निर्माण कार्य थालिएको पाँच वर्षसम्म ठेकेदार र कर्मचारीको चरम लापबाहीको कारण पुल नबनेको सरोकारवालाको दाबी छ। हिउँदमा बेलिब्रिज पुल सञ्चालन सिधा यातायात सञ्चालन भए पनि वर्खाको वेला ठप्प नै हुने गर्दछ। पुल निर्माणको लागि ठेकेदारले समेत डिजाइनमा समस्या देखाएको कारण पुल बन्न नसकेको पुलको जिम्मा पाएका पुल योजना पूर्वी सेक्टर कार्यालय धरान सुनसरीका इन्जिनियर विजय दराईले जानकारी दिए। ‘ठेकेदार कम्पनी र कर्मचारीले बेवास्ता गरेको होइन,’ इन्जिनियर दराईले भने, ‘अहिले ०७४ असार मसान्तभित्र सक्ने गरी ठेक्का लागेको थियो तर, पुरानो डिजाइनले काम गरेन। इन्जिनियर दराईका अनुसार ०७० को पहिलो महिनाको पहिलो हप्तामै पुलको ठेक्का लागेको थियो। तर, ०६९ मा गरिएको डिजाइनै फेल भएपछि पुलको नयाँ डिजाइन गर्न झन्डै ४ वर्ष लागेको छ। ‘सुरुमा म थिइनँ, पुन दराईले भने, ‘अहिले नयाँ डिजाइन भनेको आर्कीब्रिज पुल बनाउने तयारी गरेका छाँै।’ आगामी ०७७ असार अन्तिममा सक्ने गरी तयारी थालेको पुल योजना पूर्वी सेक्टर कार्यालय धरानले जानकारी दिएको छ। कार्यालयका अनुसार राष्ट्रिय योजना आयोगको १६ करोडको आर्थिक लागतमा पुल बन्ने भएको छ। पुल बनाउनको लागि गौरा, पार्वती जेभी प्रालि काठमाडौंले जिम्मा पाएको छ। पुरानो डिजाइनमा पुल निर्माण गर्न पुगेको निर्माण कम्पनीले पिलर गाड्नका लागि खाल्डा खन्ने कार्य सुरु गरेर रोकिएको हो। सडक बनेको २३ वर्ष भयो पुल बनेन ०५१ मा तत्कालीन प्रधानमन्त्री स्व. मनमोहन अधिकारीले शिलन्यास गरेर निर्माण कार्य सुरु गरेको गाईघाट–दिक्तेल सडक परियोजनाले गाईघाट दिक्तेल सडक निर्माण गरिसकेको २३ वर्ष भयो। सडक सञ्चालन भएको २३ वर्ष पुग्दा पनि गाईघाट दिक्तेल सिधा यातयात सुरु भएको छैन। हिउँदमा सिधा यातयातको लागि बेलिब्रिज जडान गरिन्छ। वर्खामा पूर्ण रुपमा बन्द हुन्छ। वर्खामा सुनकोसीमा पानीको वहाव बढेसँगै बन्द हुने र हिउँदमा पानीको वहाव घटेसँगै सञ्चालन हुने रोग नहटेको यातयात व्यवसायीको गुनासो छ। पुल नभएकै कारण खोटामा विभिन्न उपभोग्य बस्तु समेत चर्को मूल्यमा ढुवानी हुने गरेको व्यापारीहरुको भनाइ छ। पूर्व खोटाङको लागि सम्पूर्ण उपभोग्यवस्तुहरु उदयपुरको गाईघाटबाट मात्र ढुवानी हुने गर्दछ। स्थानीयको नजरमा सरकारी कर्मचारी र ठेकेदार दोषी पुल निर्माण थालेको पाँच वर्षसम्म नबन्नुमा सरकारी कर्मचारी र ठेकेदार दोषी भएको अरोप सर्वसाधरणले लगाएका छन्। पाँच वर्ष अघि ती वर्षभित्र निर्माण हुन्छ भनेको पुल अहिलेसम्म नबन्नुमा दोषी सरकारी कर्मचारी ठेकेदारको भएको स्थानीय रामकुमार राईले आरोप लगाए। ‘सरकारी पक्ष भन्छ, पुलको डिजाईन फेल भयो,’ उनले भने, ‘ठेकेदार भन्छ, सरकारी कर्मचारीले पुलको डिजाईन पहिला गलत दियो, अहिले दिएकै छैन।’ पक्की पुला नहुँदा पूर्वी तराईका जिल्ला सप्तरी, सिराहा आउन सिद्धिचरण लोकमार्ग हुँदै कटारी–घुर्मी–जयरामघाटको बाटो पर्कनु पर्छ। ‘हिउँदमा मात्र सिधै घाईघाट पुगिने हो,’ फोक्सिनटारका नारायण परियारले भने, ‘बेलिब्रिज झिकेपछि सिधा यातयात सवै ठप्प हुन्छ।’ खोटाङ उदयपुरका राजनीतिक दलले दुई चुनावमा फोक्सिनटार पुललाई चुनावी नारा बनाए। ‘सम्पन्न प्रतिनिधिसभा र प्रदेसभा निर्वाचनमा पनि पुल बनाउन पहल गर्ने भाषण गरे,’ स्थानीय रामकुमार राउतले भने, ‘चुनाव जितेको नेतासमेत हराए।’ दुवै जिल्लामा पर्ने गाँउपालिका र प्रतिनिधिसभा तथा प्रदेशसभाका निर्वाचित संसदलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन। प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ उदयपुरमा सुरेशकुमार राई हिमाल छन भने खोटाङतर्फ विशालकुमार भट्टराई छन। दुवै प्रतिनिधिसभा सदस्यलाई सम्पर्क हुन सकेन।
Read more at: http://thahakhabar.com/news/28790
बर्सेनि बेलिब्रिजकै भर
Read more at: http://thahakhabar.com/news/28790
बर्सेनि बेलिब्रिजकै भर
Read more at: http://thahakhabar.com/news/28790
बर्सेनि बेलिब्रिजकै भर
Read more at: http://thahakhabar.com/news/28790

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget