Websoft University

www.radiomakalu.com || 021-522512


नयाँ प्रविधिबाट नेपाली कागज

http://gorkhapatraonline.com/uploads/news-content/1%20News%20Photo%202074/kagaj.JPG

बागलुङ, पुस ११ गते । उद्यमीले घरेलु प्रविधिको सट्टा आधुनिक यन्त्र प्रयोग गरेर नेपाली हाते कागज उत्पादन गर्न थालेका छन् ।

जिल्लाको पहिचान भनेर चिनिने नेपाली हाते कागजलाई आधुनिकीकरण गरिएको हो । ताराखोला गाउँपालिका–५ मा यन्त्रको प्रयोगबाट कागज बनाउन प्रयोग हुने लोक्ता प्रशोधन र उत्पादन हुने गरेको छ । यसअघि जंगलबाट ल्याएको लोक्तालाई काठको मुङ्ग्रोले थिचेर कागज निकाल्ने गरिएको थियो ।

परम्परागत प्रविधिबाट दैनिक एक सय थान कागज उत्पादन हुने गरेकामा यन्त्रको प्रयोगले दैनिक ४०० थान कागज उत्पादन हुने गरेको छ । जुल्फे सामुदायिक लोक्ता प्रशोधन तथा नेपाली कागज उत्पादन समूहका अनुसार आधुनिक प्रविधिको प्रयोगले उत्पादनको मात्रा र गुणस्तर बढेको छ । समूहमा आबद्धमा छजना उद्यमीले अहिले नियमितरुपमा कागज उत्पादन गरिरहेको सो समूहका अध्यक्ष खिमलाल कँडेलले बताउनुभयो ।

केही समयअघि भक्तपुर हस्तकला केन्द्रले गाउँमै पुगेर २१ जना स्थानीयवासीलाई हाते कागज उत्पादनसम्बन्धी सीप प्रदान गरेको थियो । “उत्पादन बढेसँगै बजार मागमा पनि वृद्धि भएको छ”, उहाँले भन्नुभयो, “यान्त्रिकीकरणले नेपाली कागज लोप हुनबाट जोगिएको छ ।”

दुई दशक अघिदेखि उद्यमीले घरेलु प्रविधि अपनाएर हाते कागज उत्पादन गर्दै आएका थिए । कागजसँगै बजारलाई लक्ष्य गरी यसबाट बन्ने विभिन्न सामग्री उत्पादन गरी बिक्री गर्ने गरिएको छ । किसानले जंगलमा गएर ल्याएको लोक्ता प्रशोधन गरी कागज बनाउने गरिएको उद्यमी थिरमती घर्तीले बताउनुभयो ।

नेपाली कागजको उत्पादन र प्रवद्र्धनलाई सघाउन बहु सरोकारवाला वन कार्यक्रमले उद्यमीलाई एक थान लोक्ता प्रशोधन गर्ने यन्त्र उपलब्ध गराएको छ । यस्तै, बागलुङ उद्योग वाणिज्य संघले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत एक थान कागज काट्ने आधुनिक यन्त्र उपलब्ध गराएको छ । संघले नेपाली कागजको उत्पादन र बजारीकरणमा टेवा पु¥याउन विभिन्न प्रवद्र्धनात्मक काम गरिरहेको छ । आधुनिक यन्त्रले झण्झट हट्नाका साथै काममा सहजता आएको उद्यमीहरु बताउँछन् ।

फुर्सदको समयमा लोक्ता संकलनका लागि जंगल जाने किसान पनि उत्पादनको माग बढेपछि खुशी छन् । स्थानीय किसानले संकलन गरेको लोक्ता प्रतिकिलो रु ४०० मा समूहले खरिद गर्ने गरेको छ । नेपाली कागज उत्पादनका लागि थप जनशक्ति आवश्यक रहेको छ । ताराखोलामा उत्पादित कागज प्रतिग्राम रु एकमा बिक्री हुने गरेको समूहका कोषाध्यक्ष घर्तीले जानकारी दिनुभयो । थोरै मात्रा स्थानीयस्तरमै कागज खपत हुने गरे पनि अधिकांश कागज भक्तपुर हस्तकलाले खरिद गर्ने गरेको छ ।

नेपाली कागजलाई अझ व्यावसायिक बनाउन आवश्यक रहेको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघको ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रमअन्तर्गत बागलुङमा नेपाली कागजको प्रवद्र्धन भइरहेको उहाँको भनाइ छ । जंगलमा त्यसै खेर जाने लोक्ताको संकलन, उत्पादन र बजारीकरणलाई व्यवस्थित गर्न सके स्थानीयवासीले पर्याप्त लाभ लिन सक्ने देखिन्छ । - रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget