Websoft University

www.radiomakalu.com || 021-522512


सार्कलाई प्रभावकारी र परिणाममुखी तुल्याऔँः नेपाल


saarc-2-638
काठमाडौँ, मङ्सिर २६ गते ।दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०को अध्यक्षका नाताले नेपालले उक्त क्षेत्रीय संगठनलाई प्रभावकारी एवं परिणाममुखी तुल्याउनुपर्नेमा जोड दिएको छ ।
सार्कको संस्थापक मुलुक नेपालले भर्खरै ३३ वर्षमा प्रवेश गरेको सार्कलाई दक्षिण एशियाका जनताका विकासका चाहना पूरा गर्न र उनीहरुको जीवनस्तर उठाउन संगठनलाई अझ सुदृढ र गतिशील तुल्याउनुपर्ने बताएको छ ।

सार्क सचिवालयमा आजदेखि प्रारम्भ भएको कार्यक्रम समितिको ५४ औँ बैठकलाई सम्बोधन गर्दै कार्यक्रम समितिका अध्यक्ष एवं परराष्ट्र मन्त्रालयका क्षेत्रीय संगठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले संगठन र त्यसअन्तर्गतका निकायका निर्णय समयमा नै कार्यान्वयन गर्नु अपरिहार्य भएको बताउनुभयो ।

उहाँले सार्कका गतिविधि सदस्य मुलुकका नागरिकले महसुस गर्ने किसिमका हुनुपर्छ भन्दै सार्क संयन्त्रका बैठक एवं अन्य गतिविधि प्रभावित हुन नहुने बताउनुभयो । दक्षिण एशियाको समृद्धिका लागि सबै मुलुकबीच सहकार्य र समन्वय आवश्यक भएको उहाँको कथन थियो ।

सार्कका महासचिव अमजद हुसेन बी सियालले सार्क प्रक्रियालाई गति दिन अथक प्रयास भइरहेको र त्यस क्रममा सातौँ आन्तरिक मामिला÷गृहमन्त्रीस्तरीय र छैटौँ स्वास्थ्यमन्त्रीस्तरीय बैठक सम्पन्न भएको जानकारी दिनुभयो ।

“यसै वर्ष सार्क मन्त्रिपरिषद् र अर्थ मन्त्रीहरूको अनौपचारिक बैठक भयो, केही बैठकमा सदस्य देशबाट सहभागिता सुनिश्चित नहुँदा तिनलाई पछिसार्नु प¥यो,” सार्कका गतिविधिबारे जानकारी दिँदै उहाँले भन्नुभयो ।

सार्कको नेतृत्व पंक्तिले दिएको निर्देशन कार्यान्वयन गर्न सार्कका संयन्त्रलाई गतिशील बनाउनुपर्ने आवश्यकता औँल्याउँदै समयसारिणी र कार्यतालिकाअनुसार सार्कका कार्यक्रम एवं अन्य गतिविधि सञ्चालन हुनुपर्ने बताउनुभयो ।

साथै, महासचिव सियालले सार्क सचिवालयलाई सबल, सुदृढ र प्रभावकारी बनाउन सचिवालयबाट सम्पादित कामको विवरण प्रस्तुत गर्नुभयो ।

महाशाखा प्रमुख भट्टराईका अनुसार बैठकमा सार्क सचिवालय, सार्कका पाँच क्षेत्रीय केन्द्र र चार विशिष्टीकृत निकायको बजेटमा छलफल हुनेछ ।

सहसचिव भट्टराईको नेतृत्वमा जारी बैठकमा सार्कका सबै मुलुकका परराष्ट्र÷बाह्य मामिला मन्त्रालयमा सार्क महाशाखा हेर्ने सहसचिव, क्षेत्रीय केन्द्र र विशिष्टीकृत निकायका अधिकारी गरी ५० जना सहभागी छन् । बैठक भोलि बुधबार सम्पन्न हुनेछ । 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget