Websoft University

www.radiomakalu.com || 021-522512


पार्टी एकतासँगै सरकार गठन : माओवादी

maobadi-kendra.

काठमाडौँं, पुस ४ गते । गठबन्धन बनाएर संयुक्त घोषणा पत्रमा चुनाव लडेका प्रमुख दुई कम्युनिस्ट पार्टीहरुबीच एकता र सरकारको नेतृत्वबारेको छलफलले नयाँ मोड लिने देखिएको छ । गठबन्धनमा संलग्न मुख्य दल नेकपा (एमाले)का शीर्ष नेताहरुबाट सरकार र पार्टीको नेतृत्वबारे फरक फरक धारणा आइरहेका बेला सोमबार नेकपा (माओवादी केन्द्र)ले लिएको निर्णयले छलफललाई नयाँ ढङ्गले अगाडि बढाउने सङ्केत गरेको छ ।

राजधानीमा उपलब्ध नेताहरु सम्मिलित पार्टी केन्द्रीय कार्यालयको बैठकले ‘पार्टी एकतासँगै सरकार गठनलाई पनि अगाडि बढाउनुपर्ने’ निर्णय गरेको छ । बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा पार्टी एकता नभई सरकार गठनको प्रक्रिया अगाडि बढाउन नहुनेबारे छलफल भएको थियो । नेकपा एमालेका नेताहरुले सरकार गठनपछि मात्र पार्टी एकता प्रक्रिया अगाडि बढाउनुपर्ने धारणा सार्वजानिक गर्दै आउनुभएको छ ।
माओवादी केन्द्रले राष्ट्रिय सभाको गठनका विषयमा पनि एमालेभन्दा फरक निर्णय गरेको छ । प्रवक्ता पम्फा भुसालका अनुसार बैठकले राष्ट्रिय सभा गठनमा देखिएको विवाद दलहरुबीचको सहमतिको आधारमा समाधान गर्नुपर्ने निष्कर्ष निकालेको छ । एमालेका नेताहरुले भने राष्ट्रिय सभा गठन र सरकार निर्माणको प्रसङ्ग फरक फरक भएको भन्दै प्रधानमन्त्रीले यसमा अडान राख्न नहुने बताउँदै आएका छन् । माओवादी केन्द्रले लिएका यी दुई निर्णयले दुई कम्युनिस्ट पार्टीबीच सरकार निर्माण गरेर अगाडि बढ्ने विषयमा समय लाग्न सक्ने त्यस पार्टीका नेताहरूले बताएका छन् ।
चुनावअघि दुई पार्टीबीच एकीकरण हुँदा दुई शीर्ष नेता एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच एकले सरकार र अर्कोले पार्टीको नेतृत्व लिने सहमति भएको बुझाइ कतिपय नेताको थियो । तर चुनाव लगत्तै एमालेका महासचिव ईश्वर पोखरेलले सरकार, पार्टी र संसदीय दलको नेता पनि एउटै हुने अभिव्यक्ति आएपछि परिस्थिको समीक्षा बैठकमा गरिएको बताइएको छ ।
एमालेका अर्का नेता शङ्कर पोखरेलले पनि सरकार निर्माणपछि मात्र पार्टी एकता हुने बताउनुभएको छ । ‘एमालेका नेताहरूबाट आइरहेको अभिव्यक्तिले धेरै खालका आशङ्का जन्माएको छ,’ माओवादीका एक नेताले भन्नुभयो, ‘पार्टी एकता गर्नुपर्छ भन्नेमा कसैको बिमति छैन । तर एकतालाई उहाँहरुले कसरी लिइरहनुभएको छ भन्ने प्रश्न उठेको छ ।’

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget