Websoft University

www.radiomakalu.com || 021-522512


राजविराजमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने,

राजविराजमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने,को लागि तस्बिर परिणाम

सप्तरी, पुस ५ गते । मैथिली भाषा र संस्कृतिको संरक्षण एवं विकास गर्ने उद्देश्यले सप्तरीको राजविराजमा १५औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने भएको छ ।

मैथिली समुदायलाई एकताको सूत्रमा बाधी उनीहरुको अधिकार प्रवद्र्धन गर्ने लक्ष्यका साथ यही पुस ७ गते शुरु हुने सो सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ ।

सम्मेलनमा नेपाल र भारतका मैथिल समुदायका विद्वान र विदुषीको सहभागिता हुने बताइएको छ ।

दहेज मुक्त मिथिला अभियानका संयोजक प्रवीन नारायण चौधरीका अनुसार सम्मेलनको उद्घाटनअघि मैथिली पहिरनमा दुवै देशका मैथिली अभियन्ता र विद्वान सहितको सहभागितामा शोभायात्रा निकाल्ने कार्यक्रम छ ।

सम्मेलनको प्रथम दिन अन्तर्राष्ट्रिय महिला कवयित्री सम्मेलन र दोस्रो दिन विचारगोष्ठी, सांस्कृतिक कार्यक्रम तथा घोषणापत्र जारी हुने सम्मेलन आयोजक समितिले जनाएको छ ।

सम्मेलनमा भाषाविद्, कलाकार, समाजसेवीलाई सम्मान गरिनेछ । भारतका मैथिली भाषाका अभियन्ता शिक्षाविद् डा वैद्यनाथ चौधरीको विशेष पहलमा सो सम्मेलन हुन गइरहेको दहेज मुक्त मिथिला अभियानका संयोजक चौधरीले पत्रकारलाई आज यहाँ बताउनुभयो । - रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget