Websoft University

www.radiomakalu.com || 021-522512


राप्रपाको केन्द्रीय परिषद् बैठक वीरगन्जमा


raprapa flagको लागि तस्बिर परिणाम
काठमाडौँ, पुस ७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्न आगामी माघको दोस्रो सताभित्र केन्द्रीय परिषद् बैठक वीरगन्जमा गर्ने भएको छ । पार्टीको वैचारिक दृष्टिकोणमा जनताको चाहनाअनुसार परिमार्जित तथा सांगठनिक अवस्था सुदृढीकरण गर्न उक्त बैठकमा छलफल गरिने प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

विधान संशोधनबाहेक सबै निर्णय गर्न सक्ने उक्त बैठकलाई महाधिवेशनपछिको ठूलो सभाका रुपमा लिइएको छ । पार्टीका सबै केन्द्रीय कार्यसमिति सदस्य, जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष, नगर अध्यक्ष गरी करिब ५०० जनाको सहभागिता रहने सो बैठकले पार्टीले अवलम्बन गर्नुपर्ने भावी रणनीतिका साथै नयाँ कार्यनीति पारित गर्ने छ ।

पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सिट मात्र जितेको छ भने समानुपतिकमा तीन प्रतिशत मत प्राप्त गर्न सकेन । प्रदेशसभा सदस्यमा प्रत्यक्षमा एक सिट पनि जितेको छैन । त्यहाँ समानुपातिकमा आवश्यक न्यूनतम मत प्राप्त गरेको भएपनि के कति सिट प्राप्त गर्ने निश्चित भएको छैन ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget