Websoft University

www.radiomakalu.com || 021-522512


गोरखापत्र संस्थानको महाप्रवन्धकमा उपाध्याय


bashant prkash
                                     ( उपाध्याय )

काठमाडौंँ, पुस १ गते । गोरखापत्र संस्थानको महाप्रवन्धकमा वसन्तप्रकाश उपाध्याय नियुक्त हुनुभएको छ । यसअघि उहाँ गोरखापत्र दैनिकको कार्यकारी सम्पादक हुनुहुन्थ्यो । महाप्रवन्धकमा उहाँको कार्यकाल चार वर्षको रहने छ ।
“नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७४ मङ्सिर २५ गतेको निर्णयानुसार यहाँलाई गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा चार (४) वर्षका लागि नियुक्ति गरिएको व्यहोरा जानकारी गराउँदछु” सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । सूचना तथा सञ्चार मन्त्रालयले गत साउनमा गोरखापत्र संस्थानको महाप्रवन्धकका लागि खुला प्रतिस्पर्धाका लागि आह्वान गरेअनुरुप प्रतिस्पर्धात्मक परीक्षाबाट छनोट गरी उपाध्यायलाई महाप्रवन्धकमा नियुक्त गरिएको हो ।
महाप्रबन्धकमा नियुक्त उपाध्याय करिब तीन दशकदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ । हिन्दू, जनमञ्च, नेपाल जागरण, राजधानी साप्ताहिकबाट प्रारम्भिक पत्रकारिता शुरु गर्नुभएका उपाध्यायले २०४८ फागुनमा गोरखापत्रमा उपसम्पादकबाट सेवा प्रवेश गर्नुभएको थियो ।
गोरखापत्र संस्थानबाट प्रकाशित हुने युवामञ्च, मधुपर्क, मनोरम अप्सरा मासिकका सम्पादक तथा सम्पादनको जिम्मेवारी समेत सम्हाल्नुभएका उपाध्याय गोरखापत्र सञ्चालक समितिको सदस्य तथा सञ्चालक समितिको सचिवको समेत जिम्मेवारी वहन गरिसक्नुभएको छ ।
भानु–५, तनहुँमा २०२५ सालमा जन्मनुभएका उपाध्याय २६ वर्षदेखि संस्थानको विभिन्न जिम्मेवारीमा रही सेवा गर्दैआउनुभएको हो । उपाध्यायले आफू जिम्मेवारीमा रहँदासम्म संस्थानलाई सहभागितामूलक व्यस्थापनको अवधारण अनुरुप अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले संस्थानका प्रकाशन तथा अनलाइनलाई आधुनिक, स्तरीय र प्रविधिमैत्री बनाउँदै लैजान नविन सोच र चिन्तनका साथ काम गर्ने स्पष्ट गर्नुभयो ।
नवनियुक्त महाप्रवन्धक उपाध्यायले संस्थानलाई राष्ट्र र नागरिकको हितमा क्रियाशील बनाउँदै लैजाने, पत्रकारिताका मूल्य र मर्यादा उँचो बनाउने, कार्यरत कर्मचारीको मनोबल उँचो बनाउँदै साझा लक्ष्य हासिल गर्नेतर्फ अग्रसरता लिने पनि बताउनुभयो । संस्थानमा काम गरेको लामो अनुभवका आधारमा समस्याबारे आफू जानकार भएकाले काम गर्न सहज हुने पनि उहाँले बताउनुभयो ।
“संस्थानमा रहँदासम्म कर्मचारीहरुको मनोबल नखस्कनेगरी काम गर्नेछु, संस्थागत बहुआयामिक विकास गर्नमै मेरो योगदान रहनेछ” नियुक्तिपत्र बुझेपछि उहाँले गोरखापत्रसँग प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महाप्रबन्धक उपाध्यायको साहित्यिक, समीक्षक एवं राजनीतिक विश्लेषकको व्यक्तित्व पनि पाठकबीच सुपरिचित रहेको छ । ‘वसन्त प्रकाश’का नामबाट साहित्यिक वृत्तमा उहाँ उत्तिकै परिचित हुनुहुन्छ । विभिन्न साहित्यिक र अन्य प्रकाशनमा उहाँका रचना, समसामयिक लेख, विश्लेषण प्रकाशित हुँदै आएका छन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget