Websoft University

www.radiomakalu.com || 021-522512


मधेशी जनताको अधिकारका लागि संघर्ष जारी- अध्यक्ष यादव



राजविराज, मंसिर २८ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताले अधिकार नपाएसम्म अधिकार प्राप्तिका लागि संघर्ष जारी रहने बताउनुभएको छ ।

राजविराजस्थित साह धर्मशालामा बुधबार साँझ तेलि कल्याणकारी समाजद्वारा आयोजित नवनिर्वाचित प्रतिनिधि र प्रदेशससभा सदस्यको सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

सप्तरी क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचितसमेत हुनुभएका उहाँले न्यायका लागि संघर्ष अगाडि बढाउन मधेशी जनताले आफूहरुलाई जनादेश दिएकोे र उनीहरुले अधिकार नपाएसम्म न्यायका लागि आफू र मधेशी जनताले पनि संघर्ष जारी राख्ने बताउनुभयो ।

पहाडमा समेत आम जनताको जनजीवन अभावग्रस्त रहेको बताउँदै पहाडको तुलनामा बेरोजगारी, गरिबी र अभावग्रस्त जीवन मधेशमै बढी रहेको दाबी गर्नुभयो ।

सिंहदरबार र नारायणहिटीमा शासन गर्नेको विभेदकारी नीति तथा भेदभावका कारण सप्तरी पनि विकासमा पछाडि परेको आरोप लगाउँदै उहाँले प्रदेश नं २ मा मधेश सरकार बनेपछि मात्र तराई मधेशको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

अब मधेशमा अधिकारसम्पन्न भई विकासको कार्यलाई निरन्तर अगाडि बढाउँदै जनताबाट प्राप्त जनमत र जनभावनाका साथ आफू पनि अगाडि बढ्ने उहाँले प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

अध्यक्ष यादवले मधेशी जनताबाट पाएको जनमतको सम्मान गर्ने र जस्तोसुकै संघर्ष गर्न आफू पछि नहट्ने बताउँदै मधेशका जनताबाट पाएको जनमतको मूल्य चुकाउने समेत बताउनुभयो ।

निर्वाचन परिणामले प्रदेश नं २ मधेश सरकार बन्ने बताउँदै ‘प्रदेश नं २ को ८ जिल्ला मात्र मधेश होइन, मधेसका बाँकी २२ जिल्लाका भूभागका लागि अब हाम्रो संघर्ष अगाडि बढ्छ, उहाँले भन्नुभयो ।(रासस)

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget