Websoft University

www.radiomakalu.com || 021-522512


हाम्रा यी सामान्य गल्ती कति घातक बन्न सक्छ ?



हामी दैनिक जीवन यापनका क्रममा स-सना गल्ती गरिरहेका हुन्छौ । त्यस्ता गल्ती, जसले दीर्घकालिन असर गर्न सक्छ । यद्यपी त्यसतर्फ हामी खासै ध्यान दिदैनौ । के हुन् त ति गल्ती ?


कसिलो बेल्ट बाँध्नु

दिनभर बेल्ट कसिलो गरी बाँध्दा पेट कसिन्छ । यस्तोमा खाएको कुरा राम्ररी पच्न पाउँदैन । यसबाट एसिडिटी वा कब्जियतको समस्या उत्पन्न हुन सक्छ ।

झुकेर बस्नु

घन्टौंसम्म तल निहुरिएर काम गर्ने बानीले शरीरलाई हानी गर्छ । यसबाट मांशपेशीमा दवाव पर्ने हुनाले गर्दन, कम्मर र काँधमा दुखाई हुन सक्छ ।

लामो समय गाडी चलाउनु

विश्राम नलिइकन लामो समयसम्म गाडी चलाएँदा खुट्टामा ब्लड क्लटिङ हुन थाल्छ । यसबाट खुट्टा सुन्निन्छ । त्यसैले लामो यात्रामा जाँदा हरेक दुई घन्टामा ड्राइभरले ब्रेक लिनुपर्छ ।

काँधमा झोला झुन्ड्याउनु

गह्रुंगो झोला काँधमा झुण्ड्याएर हिँड्दा त्यहाँ रक्तसञ्चार राम्रोसँग हुन पाउँदैन । यसबाट काँधको दुखाई वा ऐठनको समस्या हुन सक्छ ।

ओछ्यानबाट जुरुक्कै उठ्नु

बिहान ओछ्यानमा सुतिरहेको बेला हाम्रो शरीर ‘रिल्याक्स्ड’ अवस्थामा हुन्छ । एकाएक ओछ्यानबाट जुरुक्कै उठ्यो भने रक्तसञ्चार बढ्छ भने मांशपेसीमा दवाव बढ्न सक्छ । त्यसैले ओछ्यानबाट उठ्नुभन्दा अगाडि शरीरलाई राम्ररी तन्काउनुपर्छ ।

मसालायुक्त खाना

दिनभर केही न केही मसलादार खानेकुरा खाइरहँदा पेटभित्र एसिडको मात्रा बढ्छ । यस्तोमा एसिडिटीको समस्या हुन सक्छ ।

उपरखुट्टी लगाएर बस्नु

लामो समयसम्म उपरखुट्टी लगाएर बस्नाले खुट्टामा सही तरिकाले रक्तसञ्चार हुन सक्दैन । यस्तोमा रगत खुट्टातर्फ नगएर मुटुमा फिर्ता आउन सक्छ र यसले मुटुलाई हानी पुर्‍याउँछ ।

पेट थिचेर सुत्नु

पेट थिचेर सुत्दा शरीर आफ्नो स्वभाविक आकारमा रहँदैन । साथै शरीरमा रक्तसञ्चार सरलरुपमा हुन सक्दैन । यस्तोमा टाउको दुख्ने, ढाड दुख्ने, जोर्नी दुख्ने वा मांशपेसी दुख्ने जस्ता समस्या उत्पन्न हुन सक्छन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget