Websoft University

www.radiomakalu.com || 021-522512


चिसो बढेपछि चौँरी गोठ बेँसीतर्फ झर्नथाले



इलाम,  कात्तिक १७ गते । जिल्लाको उच्च हिमाली तथा पहाडी क्षेत्रमा चिसो बढेसँगै चौँरी गोठहरू न्यानो स्थान खोज्दै बेँसीतर्फ झर्न थालेका छन् ।

इलामका सन्दकपुर, कालापोखरी, ताप्लेजुङको टिम्वुपोखरी, कालीखोला, पाँचथरको फालोटलगायत स्थानबाट चौँरी गोठ न्यानोतर्फ सार्न थालिएको हो । अत्यधिक चिसो हुन थालेपछि चौँरी आफ से आफ न्यानो स्थान खोज्दै उँधो झर्ने भएकाले चौँरीपालक किसानले सोही अनुसार पुरानो खर्कतिर गोठ सार्ने गरेका छन् ।

टिम्वुपोखरी क्षेत्रमा छार्के र तुसारो शुरु भइसकेको छ । ताप्लेजुङ र पाँचथरमा मात्र रहेका छ दर्जनभन्दा धेरै गोठ न्यानो स्थानतर्फ सार्दै लगिएको छ । सन्दकपुर र कालापोखरीका खर्कमा त्यस क्षेत्रमा रहेका गोठहरू आउने गरेका छन् । यहाँका गोठहरू अझ तल मानव बस्ती नजिक झार्न थालिएको चौँरीपालक बताउँछन् ।

अत्यन्तै चिसो हुने क्षेत्रमा रहेका गोठहरू क्रमशः कम चिसो हुने क्षेत्रमा ल्याइन्छ । त्यहाँ रहेका गोठहरू केही तल झारिन्छ । चौँरी बस्दै आएको स्थानमा चिसो बढेकाले त्यहाँभन्दा न्यानो स्थानमा चौँरी बस्न रुचाउँछन्, सन्दकपुर गाउँपालिका, जमुनाका कुमार गुरुङले भन्नुभयो । गोठसँगै गोठधनी पनि खानेबस्ने सबै सरसामान लिएर न्यानो स्थानतर्फ झर्ने गर्छन् । सामूहिक रूपमा खर्कमा बनाइएका गोठहरूमा सर्ने गरेको उहाँले बताउनुभयो ।

इलाम, पाँचथर र ताप्लेजुङका उच्च पहाडी क्षेत्रमा रहेका करिब पाँच दर्जनभन्दा बढी चौँरी गोठ चिसोबाट न्यानोतर्फ सरेका हुन् । असोज महिनादेखि गोठ उधौँली झर्ने क्रम शुरु हुन्छ । न्यानोपना नआएसम्म ती गोठहरू बेसींमै रहन्छन् । मुख्यतया वैशाख महिनादेखि गोठ उधाँैली लैजाने क्रम शुरु हुने गरेको मावुका दण्डु लामाले बताउनुभयो ।

उधाँैली झरेको अवस्थामा चौँरीबाट उत्पादन राम्रो हुने गरेको किसान बताउँछन् । चौँरीसँगै भेडीगोठ पनि उँधो सर्न थालेका छन् । सयौँको सङ्ख्यामा रहेका भेडासहितको गोठ तल झार्न थालिएको हो ।

भेडीगोठ खर्क–खर्कमा केही दिन राख्दै तल गाउँसम्म ल्याउने गरिन्छ । जाडोयाममा टिम्वुपोखरीदेखि माथिका क्षेत्रमा पशु र मानिस बस्नसक्ने अवस्था हँुदैन । यसपालि शुरुमै चिसो भएकाले चौँरी गोठहरू बेसीतर्फ झार्न थालिएको हो ।   (रासस)

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget