Websoft University

www.radiomakalu.com || 021-522512


छोरा प्रकाशको निधनपछि अध्यक्ष दाहाल काठमाडौँ फिर्ता



सुरुङ्गा, झापा, मंसिर ३ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना छोरा प्रकाशको निधनपछि आज बिहान ८ः३० बजे यहाँबाट काठमाडौंँ फर्कनुभएको छ ।

उहाँ बिर्तामोडमा रहेको बिएण्डसी अस्पतालको सातौँं तलामा रहेको हेलिप्याडबाट काठमाडौं फर्कनुभएको हो । अस्पतालले शनिबारदेखि आयोजना गरेको पूर्वाञ्चल स्वास्थ्य महोत्सवको उद्घाटनका लागि उहाँ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगै शनिबार यहाँ आउनुभएको थियो ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंसँग बस्नुभएका दाहाल छोराको निधनको खबरपछि काठमाडौंँबाट हेलिप्याड मगाएर छोरीज्वाइँसहित काठमाडौँं फर्कनुभएको हो ।

उहाँ काठमाडौँ फर्कनुअघि एमालेका अध्यक्ष ओलीले बिएण्डबी अस्पताल परिसरमा नै पुगेर प्रकाशको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । नेता दाहाल अस्पतालको सातौँ तलामा झिकाइएको हेलिप्याड चढ्नुअघि ओलीले प्रकाशको निधनको खबरले आफू मर्माहत र स्तव्ध बनेको भन्दै दुःख व्यक्त गर्नुभएको थियो ।

दाहालको आज मोरङको विराटचोकमा हुने वाम गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम थियो ।  (रासस)

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget