Websoft University

www.radiomakalu.com || 021-522512


काँग्रेसले नै सबैको अधिकार सुनिश्चित गर्छ- निधि


महेन्द्रनगर, धनुषा, मंसिर ३ गते । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले काँग्रेसले नै सबैको अधिकार सुनिश्चित गर्ने बताउनुभएको छ ।

रौनियार सेवा समितिद्वारा जनकपुरमा आयोजित कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार निधिले राणा शासनकालदेखि हालसम्म नागरिक अधिकार बहालीका लागि संघर्ष गर्दै आएकाले काँग्रेसका उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्नुभयो ।
जनकपुर शुरुदेखि नै क्रान्ति र आन्दोलनको भूमि भएको हो भन्दै उहाँले काँग्रेसले नै संविधान संशोधन प्रस्ताव अगाडि बढाएपछि निर्वाचन सम्भव भएको बताउनुभयो ।

रौनियार सेवा समितिका अध्यक्ष लालबाबु गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नं ३ खका प्रदेशसभा सदस्यका उम्मेदवार श्याम साह तथा सत्यनारायण साह, राधेश्याम गुप्ता, सुधीरकुमार साह, मनमोहन साह, रामप्रताप रौनियार, पुरन गुप्ता, राजकिशोर गुप्ता, हंशराज गुप्ता लगायतले आआफ्नो विचार राख्नुभएको थियो । (रासस)

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget