Websoft University

www.radiomakalu.com || 021-522512


यस्ता लक्षण देखि एपेन्डिसाइटिस हुनसक्छ




कति यस्ता समस्या हुन्छ, जसको समयमा उपचार भएन भने त्यसले गंभिर रुप लिन्छ । जस्तो कि एपेन्डिसाइटिस । यो यस्तो रोग हो, जसमा एपेन्डिक्स सुन्निन्छ । यसको सहि समयमा उपचार गर्नुपर्छ । उपचार गरेमा सजिलै निको हुन्छ । तर, लापरबाही गरियो भने, त्यसले निकै जटिल समस्या निम्त्याउन सक्छ ।

एपेन्डिसाइटिस भएको सजिलै थाहा हुन्न । यसको पहिचान गर्न किनपनि गाह्रो छ भने, यसको लक्षण अन्य समस्यासँग मेल खान्छ । त्यस्तो अवस्थामा एपेन्डिसाइटिस भएको भेउ नै पाइदैन । जब जटिल रुप लिइसक्छ, त्यसबेला उपचार पनि खर्चिलो र जटिल हुनपुग्छ ।


एक अध्ययन अनुसार केवल एक तिहाइले मात्र यसको सुरुवाती अवस्थामै पहिचान गर्न सक्छ । अहिले आधुनिक युगमा केहि उपकरण बनेको छ, जसले एपेन्डिक्स सजिलै पत्ता लाग्छ । अतः यहाँ त्यस्तो लक्षण बताइएको छ, जसले एपेन्डिसाइटिस भए/नभएको थाहा हुन्छ ।

पेटको दुखाई

एपेन्डिसाइटिसमा पेट दुख्नु सबैभन्दा प्रमुख लक्षण हो । यदि पेटको दाहिने भागमा दुख्छ भने, त्यो एपेन्डिसाइटिसको संभावना हुनसक्छ । यस्तेा दुखाई एपेन्डिक्सको अतिरिक्त दवाबको कारण हुनसक्छ । सुृरुमा यस्तो दुखाई नाइटोको छेउमा हुनसक्छ । दवाब बढ्दै गएपछि यो दुखाई नाइटोबाट हटेर पेटको दाहिनेतर्फ पुग्छ, जहाँ एपेन्डिक्स हुन्छ ।

भोक नलाग्नु

भोक नलाग्नु पनि एपेन्डिसाइटिसको लक्षण हो । सुरुवाती अवस्थामा भोक नलाग्नु वा खानामा अरुची हुनु, वाकवाकी लाग्नु एपेन्डिसाइटिसको लक्षण हुनसक्छ । यसका साथै कब्जियतको शिकार पनि हुन सकिन्छ । यसैले पेट दुखाईसँगै भोक पनि लागेन, वाकवाकी लाग्छ भने चिकित्सककाहाँ पुग्नुपर्छ ।

ज्वरो

अपेन्डिसाइटिसको रोगमा हल्का ज्वरो आउँछ । सामान्यत यो ज्वरो लगभग १ सय फरेनहाइट हुन्छ । यदि ज्वरोका साथै कम्पन पनि आयो भने ढिला नगरी चिकित्सकलाई भेट्नुपर्छ ।

नोट- यदि पेटका केहि घण्टाको अन्तरालमा दुखाई हुन्छ र राती दुख्न छाड्यो भने यस किसिमको दुखाई अरु कारणले पनि हुनसक्छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget