Websoft University

www.radiomakalu.com || 021-522512


झापालाई स्तब्ध पार्दै आर्मी फाइनलमा

झापालाई स्तब्ध पार्दै आर्मी फाइनलमा

दमक : विभागीय टोली त्रिभुवन आर्मी क्लब झापाको शिवसताक्षीमा जारी दोस्रो सताक्षी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा दर्शकको उल्लेख्य साथ पाएको झापा- ११ विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग ३-० ले स्तब्ध बन्यो ।
आर्मीको जितमा स्ट्राइकर नवयुग श्रेष्ठ नायक सावित भए । खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका उनले दुई गोलसमेत गरे । आर्मीलाई नवयुगले खेलको १३औं मिनेटमै १-० ले अघि बढाएका थिए । सन्तोष तामाङको फ्रिकिकलाई सदुपयोग गर्दै नवयुगले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको २७औं मिनेटमा पुनः नवयुगले नै गोल गर्दै आर्मीलाई खेलको पहिलो हाफमै २-० ले अघि बढाए । नवयुगले दोस्रो गोल विपक्षी गोलरक्षकसँगको वान भर्सेस वानको अवस्थामा गोल गरेका थिए ।
त्यसपछि खेलको ७८औं मिनेटमा दीप लामाले गोल गर्दा आर्मीको जित ३-० ले पक्का बनेको थियो । खेलको सुरुवातबाटै आक्रामक खेल प्रदर्शन गरेको त्रिभुवन आर्मी क्लबसँग झापा ११ निरीह देखिएको थियो । टोलीको जितमा दुई गोल गरेका नवयुग म्यान अफ दी म्याच चुनिए ।
प्रतियोगिताअन्तर्गत मंगलबार हुने दोस्रो सेमिफाइनल खेलमा आयोजक सतासीधाम स्पोर्टिङ क्लब र मनाङ मस्र्याङ्दी भिड्ने छन् । १० टोली सहभागी रहेको प्रतियोगिताको विजेता टोलीले पाँच लाख पाउनेछ । यस्तै उपविजेता टोलीले दुई लाख ५० हजार प्राप्त गर्नेछ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget