Websoft University

www.radiomakalu.com || 021-522512


मेस्सी र नेइमारलाई पछि पार्दै रोनाल्डो बने दोस्रोपटक फिफा बेष्ट प्लेयर



विश्व फुटबल महासंघ फिफाले प्रदान गर्ने प्रतिष्ठित फिफा वेष्ट प्लेयर–२०१७ अवार्डमा पुरुषतर्फ रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बिजेता बनेका छन् ।
लण्डनमा आयोजित अवार्डमा रोनाल्डोले बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लियोनल मेस्सी र पेरिस सेन्ट जर्मेइनका ब्राजिलियन फरवार्ड नेइमारलाई पछि पारे ।
३२ वर्षीय रोनाल्डोले गत सिजन रियल मड्रिडलाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । च्याम्पियन्स लिग फाइनलमा रियलले युभेन्टसलाई चार एक गोलले हराएको थियो भने रेनाल्डोले २९ लिग खेलमा २५ गोल गरेपछि रियलले पाँच पर्षपछि पहिलो पटक ला लिगाको उपाधि जितेको थियो ।
‘हामी पहिलो पटक इंग्ल्याण्डमा छौं र मैले दोस्रो पटक यो अवार्ड जितें, यो मेरालागि एक उत्कृष्ठ पल हो ।’ अवार्ड लिँदै रोनाल्डोले भने ।
उनले उत्कृष्ट खेलाडीका लागि ४३.१६ प्रतिशत मत पाएका थिए । जवकि मेस्सीले १९.२५ र नेइमारले ६.९७ प्रतिशत मत पाएका थिए ।
बार्सिलोनाका लुइस स्वारेजले मेस्सीका लागि भोट गरेका थिए भने रोनाल्डोका लागि रियलका टिममेट लुका मोड्रिकले भोट गरेका थिए ।
बर्सिलोनाकी डच स्टार लियके मार्टिन्सले यस वर्षको वेष्ट फिमेल प्लेयरको अवार्ड जितिन् । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानेले वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड पाउँदा महिला प्रशिक्षकको अवार्ड नेदरल्याण्ड्सकी सरिना वेइगम्यानले पाइन् ।
आर्सनलका ओलिभर जिरोर्डले वर्षको उत्कृष्ठ गोलका लागि दिइने पुसकास अवार्ड हात पारे । जनवरी २०१७ मा क्रिष्टल प्यालेसबिरुद्ध उनको ‘स्कोरपियोन किक’ वर्षकै उत्कृष्ठ गोल ठहरियो ।
बेष्ट गोलकिपर अवार्ड विश्व च्याम्पियन इटली तथा युभेन्टसका लागि १० पटकका सिरी ए च्याम्पियन जियानलुइगी बुफोनाई प्रदान गरियो । यी इटलीका भेट्रान गोलकिपरले युभेन्टसलाई लगातार छैटौं पटक सिरी एको उपाधि दिलाएका थिए भने ६०० मिनेटसम्म च्याम्पियन्स लिगमा गोल खाएका थिएनन् ।
सेल्टिकलाई फ्यान अवार्डबाट मनोनित गरियो ।
बेलोन डिओर र बेष्ट प्लेयर अवार्डमा के फरक छ ?
विश्व फुटबलको सबैभन्दा ठूलो निकायले प्रदान गर्ने बेष्ट प्लेयर अवार्डको यो दोस्रो संस्करण हो, जुन बेलोन डि’ओर भन्दा भिन्न हो ।
बोलोन डि’ओर अवार्ड फ्रान्सको फुटबल म्यागाजिनले सन् १९५६ यता प्रदान गर्दै आएको छ । विश्व फुटबल महासंघले बेलोन डि’ओरसँगको सहकार्य तोडेर बेष्ट प्लेयर अवार्ड दिन थालेको हो ।
फिफा वेष्ट प्लेयरको दुवै संस्करण रोनाल्डोले नै जिते । गत वर्षको जनवरीमा आयोजित अवार्डमा पनि पुरुषतर्फ बेष्ट प्लेयरको अवार्ड रोनाल्डोले नै जितेका थिए ।
फिफा बेष्ट प्लेयरका लागि फिफामा आबद्ध राष्ट्रिय टोलीका कप्तान र प्रशिक्षक, फुटबल पत्रकार र पहिलो पटक अनलाइन फ्यान पोलबाट पनि मत लिइएको थियो । हरेकबाट २५ प्रतिशतलाई आधार मानेर मत गणना गरिएको थियो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget