Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्रीको प्रस्ताव: एकै चरणमा दुई चुनाव

sher-bahadur-deuba

काठमाडौँ,  साउन २४ गते ।  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव एकै चरणमा सम्पन्न गर्ने गरी तयारी थाल्न निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ ।  उता निर्वाचन आयोगले दुवै चुनाव एकैपटक गर्ने भए विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नुपर्ने धारणा प्रधानमन्त्रीसँग राखेको छ ।
निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवसहितका पदाधिकारीले प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री कार्यालयमा भेट गरी भदौ १ गतेभित्रै निर्वाचनको मिति घोषणा गर्न आग्रहसमेत गरेको छ ।  प्रधानमन्त्रीले चुनावको खर्च कम गर्न र तोकिएकै समयमा चुनाव गर्न दुवै चुनाव एउटै मितिमा गर्ने गरी तयारी थाल्न आग्रह गर्नुभएको हो ।  प्रधानमन्त्रीले निर्वाचनसम्बन्धी दुई ऐन संसद्मा पारित हुने चरणमा अघि बढेको र क्षेत्र निर्धारण आयोगले पनि तोकिएकै मितिमा प्रतिवेदन बुझाउने भन्दै निर्वाचन तयारीमा लाग्न आयोगलाई आग्रह गर्नुभएको थियो ।
निर्वाचन आयोगका पदाधिकारीले भने दुवै चुनाव एकैपटक गर्न विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो ।  तर, समय कम भएकाले मेसिन खरिद गर्ने प्रक्रिया, मेसिन प्रयोगका लागि मतदाता शिक्षा लगायतका काम गर्न सकिने कि नसकिने भन्ने विषयमा प्रधानमन्त्रीले जिज्ञासा राख्नुभएको थियो ।
निर्वाचन आयोगका पदाधिकारीले मतदातालाई उम्मेदवार अस्वीकारको अधिकार ‘राइट टु रिजेक्ट’ दिने कि नदिने भन्ने र विदेशमा रहेकालाई पनि मत दिन पाउने प्रावधानका विषयमा पनि जिज्ञासा राख्नुभएको थियो ।
निर्वाचन आयोगले यसअघि प्रदेशसभाको असोज अन्तिम र प्रतिनिधिसभाको मङ्सिरको पहिलो साता निर्वाचन गर्नका लागि मिति प्रस्ताव गरेको थियो ।  आयोगले दिएको जानकारीअनुसार प्रधानमन्त्रीसँगको भेटमा २०७४ माघ ७ गतेसम्म सम्पन्न गर्नुपर्ने प्रदेश सभा तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि समय कम हुँदै गइरहेकाले भदौ १ गते निर्वाचनको मिति घोषणा हुनुपर्नेमा जोड दिएको छ ।
साथै आयोगले यथाशक्य छिटो निर्वाचनसम्बन्धी कानुन र क्षेत्र निर्धारण आयोगको प्रतिवेदन दिन प्रधानमन्त्रीलाई अनुरोध गरिएको जानकारी दिएको छ ।  साथै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्भव भएसम्म दुई चरणमा गर्न व्यवस्थापकीय हिसाबले सहज हुने तथा प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा विद्युतीय मतदान यन्त्र प्रयोग गर्ने भए सरकारको तर्पmबाट समेत अग्रसरता हुनुपर्नेबारे प्रधानमन्त्रीलाई स्मरण गराइएको थियो ।
तेस्रो चरणमा हुन लागेको प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि आयोगले गरेको तयारीका बारेमा समेत प्रधानमन्त्रीलाई जानकारी गराइएको आयोगले जानकारी दिएको छ ।  आयुक्तहरूको धारणा सुनेपछि प्रधानमन्त्रीबाट आयोगले अनुरोध गरेको समयमै प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने ऐन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार निर्वाचनमा विद्युतीय मतदान यन्त्रको प्रयोगबारे प्रधानमन्त्री देउवाले विभिन्न जिज्ञासा राख्दै सरकार यस विषयमा सकारात्मक रहेको बताउनुभएको थियो ।  प्रधानमन्त्रीसँगको भेटमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह तथा नेपाल सरकारका मुख्यसचिव
राजेन्द्रकिशोर क्षेत्री र आयोगका सचिव महेश्वर न्यौपाने सहभागी हुनुहुन्थ्यो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget