Websoft University

www.radiomakalu.com || 021-522512


बाढीपीडितलाई खाद्य वस्तुमा राहत दिन जुटे संस्थान

दाल, चामल, नून र तेल वितरण गर्न मन्त्रालयको निर्देशन




काठमाडौं,  साउन ३० गते । । भारी वर्षाका कारण तराइ क्षेत्रमा आएको बाढीका कारण पीडित जनतालाई अत्यावश्यक वस्तुमा राहत प्रदान गर्न आपूर्ति मन्त्रालयले मातहतका सार्वजनिक संस्थानलाई निर्देशन दिएको छ ।

बाढीपीडितलाई अत्यावश्यक खाद्य वस्तुको राहतका लागि मन्त्रालयले आफू मातहतका संस्थान खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेसन, नेसनल ट्रेडिङ कर्पोरेसन र आयल निगमलाई निर्देशन दिएको हो ।


बाढीपीडितलाई राहत उपलब्ध गराउन खाद्य संस्थानलाई ३० किलो तौलको ५० हजार बोरा चामल -क्षेत्रीय स्तरमा) तयार गरी वितरण व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएको छ ।

त्यस्तै, कणर्ालीबाट खरिद गरी हाल मौज्दात रहेको सिमि (दाल) २/२ किलोको ५० हजार प्याकेट -केन्द्रीय स्तरमा) तयार गरी वितरण गर्न पनि मन्त्रालयले उक्त संस्थानलाई निर्देशन दिएको छ ।

खाद्य संस्थानसँग हाल झण्डै १ हजार ७ सय क्विन्टल गेडागुडी मौज्दात छ । १ लाख ७७ हजार क्विन्टिल चामल पनि संस्थानका विभिन्न क्षेत्रीय डिपोहरूमा मौज्दात छन् ।

मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनलाई १ किलो नून र १ लिटर खाने तेलका ५०/५० हजार प्याकेट तयार गरी वितरण गर्न निर्देशन दिएको छ ।

अत्यावश्यक खाद्य वस्तुको अधिकतम मौज्दात विस्तार गरी सेवा प्रवाह गर्न पनि मन्त्रालयले मातहत संस्थानलाई निर्देशन दिएको छ ।

केन्द्रीय दैवीप्रकोप उद्दार समितिको गत शनिवार बसेको बैठकले बाढीपीडितलाई अत्यावश्यक दाल, चामल, तेल र नूनमा वितरण व्यवस्था मिलाउन निर्देशन दिएपछि आपूर्ति मन्त्रालयले आफूमातहतका संस्थानलाई राहत कार्यमा जुट्न निर्देशन दिएको हो ।

बाढीपीडितलाई राहतस्वरुप उपलब्ध गराउने अत्यावश्यक खाद्य वस्तुका लागि आवश्यक बजेटको सोधभर्नाका लागि मन्त्रिपरिषद्मा माग गर्ने निर्णय उक्त समितिले गरेका थियो ।

त्यस्तै, आपूर्ति मन्त्रालयले पेट्रोलियम तथा खाना पकाउने एलपी ग्यासको सहज व्यवस्थाका लागि नेपाल आयल निगमलाई निर्देशन दिएको छ ।

मातहतका सबै सार्वजनिक संस्थानका पदाधिकारीसहित आइतवार आपूर्ति मन्त्रालयमा बसेको बैठकले विपत व्यवस्थापनसँग सम्बन्धित आपतकालीन कार्य गर्न केन्द्रीय स्तरमा कम्तीमा तीन सदस्यीय विपद व्यवस्थापन उप -समिति गठन गर्ने निर्णय गरेको छ ।

सबै निकायले मातहतका क्षेत्रीय र स्थानीय स्तरमासमेत विपत व्यवस्थापन समिति गठन गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ । केन्द्रीय स्तरमा गठन भएका उप -समितिले मन्त्रालयस्तरीय दैवी प्रकोप उद्दार समितिको समन्वयमा र क्षेत्रीय तथा स्थानीय स्तरमा गठन भएका उप -समितिले जिल्ला दैवीप्रकोप उद्दार समितिको समन्वयमा रहेर कार्य गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

विपत व्यवस्थापन गर्ने कायलाई प्रभावकारी बनाउन फोकल व्यक्ति तोकि २४ सै घण्टा सम्पर्कमा रही पीडितलाई सेवा प्रदान गर्ने निर्णय पन मिन्त्रालयले गरेको छ ।- अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget