Websoft University

www.radiomakalu.com || 021-522512


उत्तर कोरियाको परमाणु परीक्षण नयाँ खतरा– जापान


north korea
टोक्यो, साउन २४ गते । जापानले उत्तर कोरियाले हालैका दिनमा अघि सारिरहेको परमाणु परीक्षणको काम आगामी दिनमा विश्वका लागि नै नयाँ खतरा हो भनेको छ ।
जापानको रक्षा मन्त्रालयद्वारा सो खतरा औँल्याइएको उक्त मन्त्रालयका तर्फबाट मङ्गलबार सार्वजनिक गरिएको एक प्रतिवेदनमा जनाइएको छ ।

जापान र उत्तर कोरिया सामुद्रिक सीमाले छुटिएका देश हुन् । जापानले भनेको छ– उत्तर कोरियाको यो आणविक परीक्षण गएको करिब एक दशकयताकै सबैभन्दा खतरनाक अवस्था हो ।

उत्तर कोरियाले निरन्तर रुपमा जापान र उत्तर कोरियाबीचको समुद्रमा क्षेप्यास्त्र परीक्षण गर्ने गरेको छ । सो परीक्षणबाट जापानले अहिलेको विश्वका लागि ठूलो खतराको रुपमा उत्तर कोरिया अघि बढेको पाइएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उत्तर कोरियाले पछिल्लो समयमा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गर्ने गरेको छ । गएको करिब दुई वर्षयतादेखि निरन्तररुपमा उसले आणविक परीक्षण जारी राखेको छ ।

पछिल्लो समय उसले गरेको भनिएको अन्तरमहादेशीय क्षेप्यास्त्रले विश्वमा झन ठूलो खतरा बढाएको पाइएको जापानको रक्षा मन्त्रालयले तयार पारेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उत्तरले जारी राखेको क्षेप्यास्त्र परीक्षणको दक्षिण कोरिया र जापानले पनि निन्दा गरेका छन् । यस विषयमा राष्ट्रपति ट्रम्प र जापनका प्रधानमन्त्री सिन्जो आबेबीच हालै फोनवार्ता पनि भएको थियो ।
उता यस्तो क्षेप्यास्त्र परीक्षणको कारण अमेरिकाको प्रस्तावमा संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि नाकाबन्दी लगाएको छ ।

उता उक्त नाकाबन्दीको उत्तर कोरियाले कडा शब्दमा निन्दा गरेको छ । संयुक्त राज्य अमेरिकाले आफ्नो देशका विरुद्धमा हालै लगाएको नाकाबन्दीले आणविक परीक्षणपछिको वार्ताको सम्भावना झन टरेको उत्तर कोरियाले जनाएको छ । रासस÷एएफपी

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget