Websoft University

www.radiomakalu.com || 021-522512


नारायणगढ-मुग्लिनखण्डमा पहिरोले गाडी पुरियो, हिजोदेखि बाटो अवरुद्ध


नारायणगढ-मुग्लिनखण्डमा पहिरोले गाडी पुरियो, हिजोदेखि बाटो अवरुद्ध
चितवन,  साउन १९ गते  ।  पहिरोका कारण नारायणगढ मुग्लिन सडक सडक अवरुद्ध भएको छ । नारायणगढ मुग्लिन सडक खण्डमा बुधवार साँझ पहिरो खस्दा दुई वटा सवारी साधन पुरिएका छन् । कालिखोला नजिक दुई किलो भन्ने स्थानमा पहिरो खस्दा रात्री बस र एउटा स्कार्पियो गाडी पहिरोले बगाएर सडक तल झारेको थियो । हिजो साँझ ७ बजेर ३५ मिनेट जाँदा पहिरो खसेको हो । काठमाडौंबाट इलाम जान लागेको ना ६ ख ७१२१ नम्बरको बस पहिरोले बगाउदा त्रिशुली नदिमा बेपत्ता भएको छ । नारायणघाट तर्फ जादै गरेको बसकै पछाडी रहेको बा १५ च ९३८१ नम्बरको स्कार्पियो जीप पनि बगाएको छ । घटनाबाट कुनै मानवीय क्षति नभएको चितवन प्रहरी प्रमुख एसपी दिपक थापाले बताए । दुवै सवारी साधनमा रहेका यात्रु सकुशल रहेका छन् । पहिरो खस्न थालेपछि यात्रु भाग्न सफल भएका थिए ।
गाडी गुडिरहेको बेला पहिरो झर्न थालेपछि यात्रु ओर्लिएका थिए । बसमा चालक सहित १८ जना सवार थिए । त्यस्तै जिपमा चार जना सवार थिए । पहिरो खसेको खबर पाएपछि रातीनै नै घटनास्थल हिँडेको टोली बीचबाटै फर्किएको थियो । जलविरे नजिक पहाड माथिबाट ढुङ्गा झरेपछि टोली अगाडी जान नसकेको हो । एसपी थापा सहित शसस्त्र प्रहरी बल आँपटारीका प्रमुख एसपी श्याम कोईराला, जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी निरिक्षक सन्तोष पन्त फर्किएका हुन् ।
प्रहरीका अनुसार जीप ढुङ्गाले किचिएको अवस्थामा भिरमा अड्किएको छ । पहिरोको कारण बाटो अवरुद्ध भएको थियो । राति पहिरो खसेको कारण बाटो अवरुद्ध भएको एसपी दिपक थापाले बताए । पानी परेका कारण पहिरो हटाउन सकिएको छैन । ठुलो पहिरो भएको कारण हटाउन समय लाग्ने बताइएको छ । नौ किलोदेखि मुग्लिनसम्म सवारी साधन रोकिएका छन् । पहिरो छिटो सफा गरेर सवारी आवागनम सुचारु गर्ने एसपी थापाले जानकारी दिए ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget