Websoft University

www.radiomakalu.com || 021-522512


राजपा चुनावमा जाने प्रधानमन्त्री देउवाको विश्वास



जनकपुरधाम, साउन २० गते । प्रधानमन्त्री एवं नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी (राजपा) चुनावमा सहभागी हुने विश्वास व्यक्त गर्नुभएको छ ।

जनकपुरधाममा आज पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले मधेशका मुद्दाको सम्बोधन क्रमशः हुँदै गएका कारण राजपालाई चुनावमा जान वातावरण बनेको बताउनुभयो ।

एक प्रश्नको जवाफमा उहाँले नेपाली काँगे्रस संविधान संशोधन विधेयकलाई पारित गराउन अग्रसर रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले संविधान संशोधनमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बाधक देखिएको प्रसंग पनि उल्लेख गर्नुभयो ।


उहाँले एशियाली विकास बैंकको आयोजनाअन्तर्गत जनकपुरमा भइरहेको सडक र ढल निर्माण कार्यमा सहयोग गर्न जनकपुरवासीसँग आग्रह गर्नुभयो ।

निर्वाचनमा नेकपा माओवादी केन्द्रलगायत इच्छुक दलसँग काँगे्रस तालमेल गर्ने पक्षमा रहेको पनि उहाँले स्पष्ट गर्नुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget