Websoft University

www.radiomakalu.com || 021-522512


ओली–कमल थापा भेटवार्ता, संशोधनको विषयमा के भयो कुराकानी ?



काठमाडौं,  असार २ ७   गते  ।  संसदमा विचाराधिन संविधान संशोधन प्रस्ताव पारित गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी सकारात्मक देखिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा संसदमा विचाराधिन संविधान संशोधन प्रस्ताव पारित गर्न आफूहरु सकारात्मक रहेको बताएका हुन् ।
 मंगलबार सिंहदरबारस्थित एमाले संसदीय दलको बैठकमा भएको भेटमा उनले एमाले अध्यक्ष ओलीसँग सिमांकनबाहेकका विषयलाई मात्रै समेटिएर ल्याएको संविधान संशोधन प्रस्ताव मान्नैपर्ने नैतिक बन्धनमा आफूहरु रहेको पनि स्मरण गराएका थिए ।
 राष्ट्रिय प्रजातन्त्र पार्टीले सीमांकन बाहेकका विषयलाई समेटिएर ल्याइए संविधान संशोधन प्रस्ताव मान्य हुने अडान राख्दै आएको थियो ।
यता, एमाले अध्यक्ष ओलीले भने सबै तहको निर्वाचन सम्पन्न भएपछि मात्रै संविधान संशोधन प्रस्तावको विषयमा खुला छलफल गरेर अघि बढने विषयमा विचार गर्न अध्यक्ष थापासँग आग्रह गरेका थिए ।
संविधान संशोधन प्रस्तावको पक्षमा उभिन आफूहरुलाई नैतिक बाध्यता रहेको कुरा ओलीसँग राखिएको थापाले जानकारी दिए । उनले  संविधान संशोधनको विषयमा एमाले र आफ्नो पार्टीबीच भिन्न मत रहेको पनि स्पष्ट पारे ।

एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले सबै तहको निर्वाचन सम्पन्न भएपछि मात्रै संविधान संशोधन गर्ने विषयमा विचार गर्न अध्यक्ष थापासँग आग्रह गरिएको बताए ।
उनले  सबै तहको निर्वाचन सम्पन्न गर्ने कार्यमा केन्द्रित हुने गरी छलफल गरिएको पनि स्पष्ट पारे ।

सरकारले यही हप्ता भित्र संविधान संशोधन प्रस्ताव पारित तयारी गरिरहेको बेला ओली र थापाबीच भेटवार्ता भएको हो । - रातोपाटी संवाददाता

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget