Websoft University

www.radiomakalu.com || 021-522512


आईजीपी नियुक्ति विवाद हेर्दाहेर्दैमा

srboch
काठमाडौँ, असार २३ गते ।  नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति विवाद मुद्दा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ ।  सात सदस्यीय बृहत् पूर्ण इजलासले मुद्दाको अर्को सुनुवाइ आउँदो साउन १९ गतेका लागि तोकेको छ ।  पाँचपटकसम्म स्थगित भएपछि जेठ १८ गते पहिलोपटक त्यस मुद्दाको सुनुवाइ भएको थियो ।  तर, त्यसपछिको पेसीमा मुद्दा स्थगित हुँदै आएपछि बिहीबार सुनुवाइ भएको थियोे ।
गत जेठ १८ गते पनि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।  तर, असार १ गतेको पेसी स्थगित भएको थियो ।  यसबीचमा मुद्दा सुनुवाइमा संलग्न न्यायाधीश जगदीश शर्मा पौडेलले अवकाश पाएपछि नयाँ इजलासमा बिहीबारदेखि मुद्दाको सुनुवाइ सुरु भएको हो ।
आईजीपी विवादको मुद्दाको सुनुवाइमा कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीले नेतृत्व गर्नुभएको छ ।  सात सदस्यीय बृहत् पूर्ण इजलासमा पराजुलीसँगै न्यायाधीशहरू ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारी सदस्य हुनुहुन्छ ।
यसअघि मुद्दा सुनुवाइको नेतृत्व न्यायाधीश चोलेन्द्रशमशेर जबराले गर्नुभएको थियो ।  जबरासँगै जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल, तेजबहादुर केसी र पुरुषोत्तम भण्डारी बृहत् पूर्ण इजलासमा हुनुहुन्थ्यो ।
आईजीपी नियुक्ति विवाद मुद्दामा अदालतले एकपटक जारी गरिसकेका आदेश कार्यान्वयन नभएको भन्दै निवेदक नवराज सिलवाल पुनः अदालतमा पुग्नुभएको हो ।  सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले अर्को सुनुवाइको मिति साउन १९ गतेका लागि तोकिएको जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget